यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न
Thursday Aug 06, 2026
वि.सं.२०८३ साउन २१ बिहीवार ०९:००
काठमाडौं । यामाहा नेपालले आफ्नो ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी हुन गएका कम्पनीका साझेदार तथा टिमले पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
जुलाई २७ देखि ३१ सम्म पटाया र बैंककमा आयोजित कार्यक्रममा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने बी एण्ड बी अटो ट्रेडर्स, एमएडब्लु नेपालगञ्ज, लुम्बिनी अटो वर्क्स, राज मोटर्स र भीएडब्लु इन्टरप्राइजेज लगायतका डिलरहरूलाई विभिन्न विधा तथा श्रेणीमा सम्मान गरिएको थियो।
कार्यक्रममा यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल विद्युतीय सवारीसाधन (इलेक्ट्रिफिकेसन) का लागि उपयुक्त तथा महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै भारतबाहिर पहिलोपटक ‘ई जिरो सिरिज’ इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
त्यसैगरी, एमएडब्लु राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले डिलरहरूको निरन्तर सहयोग र योगदानप्रति आभार व्यक्त गर्दै आगामी वर्ष अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।
भ्रमणका क्रममा सहभागीहरूले व्यापारिक छलफलका साथै थाइल्याण्डका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गर्दै त्यहाँको सांस्कृतिक अनुभवसमेत प्राप्त गरेका थिए।























