CG Electronics
IME Life
NIMB

एक महिनामै जीवन बीमा कम्पनीले भेला गरे साढे १६ अर्ब, नेपाल लाइफ पहिलो हुँदा अरु कुनको स्थान कति ?

NIMB
Himalayan Bank

चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुले साढे १६ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साउन महिनामै प्रथम र नवीकरण गरी १६ अर्ब ५२ करोड रुपैया बीमा शुल्क संकलन गरेका हुन् ।

जसमा प्रथम बीमाशुल्क वापत २ अर्ब ७४ करोड रुपैयाँ र नवीकरण बीमाशुल्क वापत १३ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेका हुन् ।
चालु आवको साउनमा जीवन बीमा कम्पनीहरुले १२ करोडदेखि ४ अर्ब ७६ करोड रुपैयाँसम्म बीमा शुल्क संकलन गरेका छन् ।

जसमा सबैभन्दा बढी नेपाल लाइफले र सबैभन्दा थोरै सानिमा लाइफले बीमा शुल्क संकलन गरेका हुन् ।

यसबाहेकका कम्पनीमा ४ वटाले १ अर्ब रुपैयाँमाथि, ११ वटा कम्पनीले ३० करोडदेखि ७६ करोड रुपैयाँसम्म र ४ वटा कम्पनीले ३० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा प्रथम बीमा शुल्कतर्फ सबैभन्दा बढी नेपाल लाइफको र सबैभन्दा थोरै समेत सानिमा लाइफको नै रहेको छ ।
साथै, नवीकरण बीमाशुल्क संकलनमा पनि नेपाल लाइफ अगाडि र महालक्ष्मी लाइफ पछि परेको छ ।

चालु आवको पहिलो महिनामा नेपाल लाइफले ५८ करोड रुपैयाँ प्रथम र ४ अर्ब १८ करोड रुपैयाँ नवीकरण बीमा शुलक संकलन गरेको छ । साथै, राष्ट्रिय बीमा संस्थानले प्रथम बीमाशुल्क ५ करोड रुपैयाँ र नवीकरण बीमाशुल्क ३ अर्ब ६८ करोड संकलन गरेको छ ।

सो अवधिमा नेशनल लाइफले प्रथम बीमाशुल्क २५ करोड रुपैयाँ र नवीकरण बीमाशुल्क १ अर्ब ८ करोड संकलन गरेको छ ।
लाइफ इन्स्योरेन्स कार्पोशन नेपालले ८ करोड प्रथम र ९२ करोड नवीकरण बीमा शुल्क संकलन गरेको छ ।

सो अवधिमा प्रथम र नवीकरण गरी यूनियन लाइफले ७६ करोड, एशियन लाइफले ६३ करोड, सूर्या लाइफले ५२ करोड, मेट लाइफले ४९ करोड रुपैयाँ र सिटिजन लाइफले ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरका हुन् ।

त्यसैगरी, समीक्षा अवधिमा प्राइम लाइफले ४० करोड, गुराँस लाइफले ४० करोड, आइएमई लाइफले ३४ करोड, प्रभु लाइफले ३४ करोड, ज्योति लाइफले ३३ करोड, रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ र रिलायन्स लाइफले २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सानिमा लाइफले १४ करोड र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ चालु आवको साउन महिनामा कुल बीमा शुल्क संकलन गरेका हुन् ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...