IME Life
NIMB

४३ ग्रेडमा उक्लिएको अर्घाखाँची सिमेन्टले कहिले निष्काशन गर्दैछ आइपीओ

NIMB
Himalayan Bank

अर्घाखाँची सिमेन्टले उत्पादन गन ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

 

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र विक्री वितरणलाई सधैं प्राथमिकतामा राख्ने जनाएको छ ।

 

‘हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने ।

 

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

 

क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो ।गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले सर्वसाधरणमा सेयर (आइपीओ) जारी गर्ने तयारी शुुरु गरेको छ । सकेको छ ।

 

२०७५ देखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्याएको यस कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा संचालित रहीतिब्र प्रतिस्पर्धा र लकडाउनको बाबजुत पनि आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशतले विक्री बढाउन सफल भएको छ ।

 

‘सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तैयारी अगाडि बढाइरहेका छौं ,’ कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भने, ‘अहिले ठ्याक्कै मिति तोक्न नसकेता पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडि बढाइरहेका छौं ।’

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...