Dish Media Network
global ime bank
machapuchhare  bank

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा, कुन बैंकको अवस्था कस्तो ?

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

२३ वटा बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा छन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतिको यी बैंक तथा वित्तीय संस्थाहरु २ वर्षअघिदेखि राष्ट्र बैंकमा पाइपलाइनमा बसेका हुन् ।

मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये २ वटा वाणिज्य बैंक, विकास बैंक र १९ वटा लघुवित्त वित्तीय संस्थाहरु हुन् ।
मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आएपनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेका राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘हतारमा एमओयू गरेर राष्ट्र बैंक आउँछन्, त्यसमा आवश्यक प्रक्रिया पूरा गर्नमा भने ढिलाइ गर्ने पाइपलाइनमा भएका केही बैंक तथा वित्तीय संस्थाहरु छन्,’ उनले भने, ‘उनीहरुको आन्तरिक छलफलको समयमै टुङ्गो नलाग्दा प्रक्रिया ढिलो भएको हो ।’

मर्जर तथा प्राप्तिको स्वीकृतिको आवेदन दिएका बैंक तथा वित्तीय संस्थाले सैद्दान्तिक स्वीकृति (एलओआइ) दिएको ३ महिनाभित्र आवश्यक अन्य प्रक्रिया पूरा गरिसक्नु पर्छ । सोही अनुसार राष्ट्र बैंकले एकिकृत कारोबारको अन्तिम स्वीकृति दिन्छ ।

राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म ११ जोडी बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।

प्रारम्भिक सम्झौता गरी गत जेठ ६ गतेदखि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्र बैकमा अन्तिम स्वीकृतको पर्खाइमा छन् । यी बैंकलाई राष्ट्र बैंकले जेठ २० गते नै सैद्दान्तिक (एलओआइ) दिइसकेको छ ।

यस्तै, गरिमा विकास बैंक र साहारा विकास बैंकले गत आवको असोजमा नै राष्ट्र बैंकमा मर्जरको आवेदन दिएका थिए । यी बैंकले एलओआइ पाए पनि अन्तिम स्वीकृतको लागि भने पाइपलाइन मै छन् ।

अघिल्लो आर्थिक वर्षको पुषदेखि नै धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्तको मर्जर आवेदन पाइपलाइनमा छ । तर राष्ट्र बैंकले एलओआइ दिइसकेपछि पनि अन्तिम स्वीकृतिको लागि प्रक्रिया पुरा नगर्दा यी संस्थाहरुको मर्जर रद्द हुने प्रक्रियामा छ ।

गत आवको असोज महिनादेखि मिरमिरे लघुवित्त र सिर्जना लघुवित्त मर्जरको प्रकृयामा छन् । साथै, सो समयदेखि स्वास्तिक लघुवित्त र समाज लघुवित्त मर्जरको पाइपलाइनमा छन् । यी संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

यसैगरी, डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्त गत पुसदेखि नै राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा छन् । यी संस्थालाई राष्ट्र बैंकले एलओआई दिइसकेको छ ।

राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतको पाइपलाईनमा बिजया लघुवित्त र खप्तड लघुवित्त पनि गत असोजदेखि नै छन् । यी संस्थाको एलओआइ भने राष्ट्र बैंकले रद्द गरिसकेको छ ।

यस्तै, नेपाल सेवा लघुवित्तले वीन लघुवित्तलाई प्राप्ति गर्न, आरम्भ लघुवित्तले बिपिडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकको स्वीकृतको पर्खाइमा छन् ।

साथै, इन्फिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न र युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृतको पर्खाइमा छन् । मर्जर तथा प्राप्तिको पाइपलाइमा भएका सबै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एलओआइ दिइसकेको छ ।

एलओआइ पाइसकेर ३ महिनाभित्र पनि एकीकृत कारोबारलाई माग गरिएको कागजात पेश नगर्ने संस्थाको मर्जरको आवेदनलाई राष्ट्र बैंकले रद्द गराउने राष्ट्र बैंकका प्रवक्ता ढकालले उनले बताए ।

‘सैद्दान्तिक सहमति पाएर अन्तिम स्वीकृतको लागि समयमै प्रक्रिया पूरा गर्न सकेनन् भने ती संस्थाले डिमर्जरको पत्राचार राष्ट्र बैंकमा गराउनु पर्ने हुन्छ र सोही अनुसार दिएको मर्जर स्वीकृतिको आवेदन राष्ट्र बैंकले रद्द गराउँछ,’ उनले थपे ।

ADBL
prabhu bank

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ : अध्यक्ष केसी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी...

वि.सं.२०७९ चैत १७ शुक्रवार ०८:५५

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन...

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३९

  काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै...

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३५

        काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू...

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:३१

    काठमाडौं । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड...

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५९

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी...

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय...

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५४

  काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी...