CG Electronics
IME Life
NIMB

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा, कुन बैंकको अवस्था कस्तो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२३ वटा बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा छन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतिको यी बैंक तथा वित्तीय संस्थाहरु २ वर्षअघिदेखि राष्ट्र बैंकमा पाइपलाइनमा बसेका हुन् ।

मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये २ वटा वाणिज्य बैंक, विकास बैंक र १९ वटा लघुवित्त वित्तीय संस्थाहरु हुन् ।
मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आएपनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेका राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘हतारमा एमओयू गरेर राष्ट्र बैंक आउँछन्, त्यसमा आवश्यक प्रक्रिया पूरा गर्नमा भने ढिलाइ गर्ने पाइपलाइनमा भएका केही बैंक तथा वित्तीय संस्थाहरु छन्,’ उनले भने, ‘उनीहरुको आन्तरिक छलफलको समयमै टुङ्गो नलाग्दा प्रक्रिया ढिलो भएको हो ।’

मर्जर तथा प्राप्तिको स्वीकृतिको आवेदन दिएका बैंक तथा वित्तीय संस्थाले सैद्दान्तिक स्वीकृति (एलओआइ) दिएको ३ महिनाभित्र आवश्यक अन्य प्रक्रिया पूरा गरिसक्नु पर्छ । सोही अनुसार राष्ट्र बैंकले एकिकृत कारोबारको अन्तिम स्वीकृति दिन्छ ।

राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म ११ जोडी बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।

प्रारम्भिक सम्झौता गरी गत जेठ ६ गतेदखि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्र बैकमा अन्तिम स्वीकृतको पर्खाइमा छन् । यी बैंकलाई राष्ट्र बैंकले जेठ २० गते नै सैद्दान्तिक (एलओआइ) दिइसकेको छ ।

यस्तै, गरिमा विकास बैंक र साहारा विकास बैंकले गत आवको असोजमा नै राष्ट्र बैंकमा मर्जरको आवेदन दिएका थिए । यी बैंकले एलओआइ पाए पनि अन्तिम स्वीकृतको लागि भने पाइपलाइन मै छन् ।

अघिल्लो आर्थिक वर्षको पुषदेखि नै धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्तको मर्जर आवेदन पाइपलाइनमा छ । तर राष्ट्र बैंकले एलओआइ दिइसकेपछि पनि अन्तिम स्वीकृतिको लागि प्रक्रिया पुरा नगर्दा यी संस्थाहरुको मर्जर रद्द हुने प्रक्रियामा छ ।

गत आवको असोज महिनादेखि मिरमिरे लघुवित्त र सिर्जना लघुवित्त मर्जरको प्रकृयामा छन् । साथै, सो समयदेखि स्वास्तिक लघुवित्त र समाज लघुवित्त मर्जरको पाइपलाइनमा छन् । यी संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

यसैगरी, डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्त गत पुसदेखि नै राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा छन् । यी संस्थालाई राष्ट्र बैंकले एलओआई दिइसकेको छ ।

राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतको पाइपलाईनमा बिजया लघुवित्त र खप्तड लघुवित्त पनि गत असोजदेखि नै छन् । यी संस्थाको एलओआइ भने राष्ट्र बैंकले रद्द गरिसकेको छ ।

यस्तै, नेपाल सेवा लघुवित्तले वीन लघुवित्तलाई प्राप्ति गर्न, आरम्भ लघुवित्तले बिपिडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकको स्वीकृतको पर्खाइमा छन् ।

साथै, इन्फिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न र युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृतको पर्खाइमा छन् । मर्जर तथा प्राप्तिको पाइपलाइमा भएका सबै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एलओआइ दिइसकेको छ ।

एलओआइ पाइसकेर ३ महिनाभित्र पनि एकीकृत कारोबारलाई माग गरिएको कागजात पेश नगर्ने संस्थाको मर्जरको आवेदनलाई राष्ट्र बैंकले रद्द गराउने राष्ट्र बैंकका प्रवक्ता ढकालले उनले बताए ।

‘सैद्दान्तिक सहमति पाएर अन्तिम स्वीकृतको लागि समयमै प्रक्रिया पूरा गर्न सकेनन् भने ती संस्थाले डिमर्जरको पत्राचार राष्ट्र बैंकमा गराउनु पर्ने हुन्छ र सोही अनुसार दिएको मर्जर स्वीकृतिको आवेदन राष्ट्र बैंकले रद्द गराउँछ,’ उनले थपे ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...