CG Electronics
IME Life
Ncell NPL

ट्रायलमा ६ लाखको आवेदन लिएर यातायात व्यवस्था विभागले थाल्यो परीक्षणकालीन लाइसेन्स वितरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सवारीचालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएकालाई यातायात व्यवस्था विभागले परीक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुर्नपर्ने बाध्यताका कारण विकल्पमा विभागले अस्थायीरूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकले क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए। हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि उनले जानकारी दिए।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौं दिनदेखि लाइनमा छन्। विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए। कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६/७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै उनले अबको दुई महिनाभित्र वितरण गरिने जानकारी दिए। ‘अबको एक/डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको छ। कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भएपनि वितरण गरिने छ,’ उनले भने।

कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आइतबारदेखि सञ्चालन हुँदैछ। लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिसकेको विभागले जनाएको छ।

पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने तयारी छ। नयाँको लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने जनाइएको छ।

लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको छ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...