CG Electronics
IME Life
NIMB

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी : प्रतिनिधिहरुको रोजाईमा रबिना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् । तीन प्रतिस्पर्धीमध्ये थापा बलियो उम्मेदवार हुन् ।
अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव समेत छ । थापालाई युवा र महिलाको साथ र समर्थन छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छिन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफु आइसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उम्मेदवारी दिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले बिश्वभरि रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको प्रष्ट पारिन् ।
‘यो १८ वर्षको इतिहास हेर्दा आइसीसीको अध्यक्ष पुरुषले मात्र हाक्नु भएको छ,अब पालो महिला हो,’ थापाले भनिन् ।
उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन । ‘विभिन्न सञ्चार माध्यममा जुन प्रकारका मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्छु ।’
विभिन्न देशका प्रतिनिधिबाट समर्थन

२०२१ –०२३ का आइसीसीका सचिव पदका प्रत्यासी शंकर खड्का रबिना आफैमा स्वभाविक रुपमा अहिलेको अध्यक्षको उम्मेदवार भएको बताउँछन् । सबैमा मिलाएर लैजान सक्ने क्षमता रबिनामा रहेको उनले बताए ।
‘महिलालाई अगाडी लैजाने बोलीमा मात्र सिमित भयो तर व्यवहारमा कार्यान्वयन भएन्,’उनले भने ।
अहिले सबैलाई मिलाएर लैजान सक्ने सक्षम र योग्य महिला आइसीसीको अध्यक्षमा उठ्छु भन्दा किन साथ नदिने त ? उनले प्र्रश्न गरे ।

महिलालाई अगाडी बढ् भन्ने तर अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाई छ ।
यसैगरी, २०२१ –०२३ का आइसीसीका महासचिव पदका प्रत्यासी विनय अधिकारी रबिना एक सक्षम योग्य महिला भएकाले उहाँलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।
उनका अनुसार एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको थियो । ‘तर अब एक महिला अगाडी बढ्न खोज्नु भएको छ, उहाँलाई साथ दिएर व्यवहारमा कार्यान्वयन गर्ने मौका हामीले पाएका छौँ । त्यो गुमाउँनु हुदैन् ।’

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...