nic bank
himalayan everesat
Nmb bank

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी : प्रतिनिधिहरुको रोजाईमा रबिना

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् । तीन प्रतिस्पर्धीमध्ये थापा बलियो उम्मेदवार हुन् ।
अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव समेत छ । थापालाई युवा र महिलाको साथ र समर्थन छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छिन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफु आइसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उम्मेदवारी दिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले बिश्वभरि रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको प्रष्ट पारिन् ।
‘यो १८ वर्षको इतिहास हेर्दा आइसीसीको अध्यक्ष पुरुषले मात्र हाक्नु भएको छ,अब पालो महिला हो,’ थापाले भनिन् ।
उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन । ‘विभिन्न सञ्चार माध्यममा जुन प्रकारका मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्छु ।’
विभिन्न देशका प्रतिनिधिबाट समर्थन

२०२१ –०२३ का आइसीसीका सचिव पदका प्रत्यासी शंकर खड्का रबिना आफैमा स्वभाविक रुपमा अहिलेको अध्यक्षको उम्मेदवार भएको बताउँछन् । सबैमा मिलाएर लैजान सक्ने क्षमता रबिनामा रहेको उनले बताए ।
‘महिलालाई अगाडी लैजाने बोलीमा मात्र सिमित भयो तर व्यवहारमा कार्यान्वयन भएन्,’उनले भने ।
अहिले सबैलाई मिलाएर लैजान सक्ने सक्षम र योग्य महिला आइसीसीको अध्यक्षमा उठ्छु भन्दा किन साथ नदिने त ? उनले प्र्रश्न गरे ।

महिलालाई अगाडी बढ् भन्ने तर अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाई छ ।
यसैगरी, २०२१ –०२३ का आइसीसीका महासचिव पदका प्रत्यासी विनय अधिकारी रबिना एक सक्षम योग्य महिला भएकाले उहाँलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।
उनका अनुसार एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको थियो । ‘तर अब एक महिला अगाडी बढ्न खोज्नु भएको छ, उहाँलाई साथ दिएर व्यवहारमा कार्यान्वयन गर्ने मौका हामीले पाएका छौँ । त्यो गुमाउँनु हुदैन् ।’

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट,...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी...

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा...

वि.सं.२०८१ वैशाख ८ शनिवार १५:२७

    आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम...

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...