लाभांश घोषणा गरेको फर्स्ट माइक्रोफाइनान्सले बोनस र नगद कति-कति दिने भयो ?
Sunday Sep 05, 2021
वि.सं.२०७८ भदौ २० आइतवार ११:५३
गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फर्स्ट माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
माइक्रोफाइनान्स सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
माइक्रोफाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।



























