CG Electronics
IME Life
NIMB

दशैँ अघि ट्रायल पास गरेकाले लाइसेन्स नपाउने, कार्ड ल्याउन कम्तीमा २ महिना लाग्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कोभिडको दोस्रो लहरसँगै वैशाखदेखि रोकिएको लाइसेन्स वितरणको काम अझै ढिलाइ हुने भएको छ । आयातका क्रममा रहेको लाइसेन्स कार्ड स्वीकृतिमा ढिलाइ भएसँगै लाइसेन्स वितरण समेत पर धकेलिएने देखिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लाइसेन्स कार्ड आयात हुन अझै कम्तीमा डेढ महिना लाग्ने बताए । उनले सक्दो चाँडै लाइसेन्स कार्ड आयात गरी वितरण शुरु गर्ने बताएका हुन् ।

‘आयात गर्न लागिएको कार्डको स्याम्पल स्वीकृत भएको छैन, स्वीकृत भएको ९० दिनभित्र कम्पनीले लाइसेन्स कार्ड ल्याउनेछ,’ महानिर्देशक घिमिरेले भने, ‘स्याम्पल नमिलेकोले अडर गर्न ढिलाइ भएको हो, अब चाँडै आयात हुनेछ ।’

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स कार्ड) आयात गर्दैछ । फ्रान्सबाट आयात गर्न लागिएकोे उक्त स्मार्ट लाइसेन्स स्यामपल स्वीकृत भएको ९० दिनभित्र आयात गरिने भएको हो ।यस आधारमा यसअघि ट्रायल पास गरेकाले दशैंअघि लाइसेन्स सम्भावना नरहेको देखिन्छ ।

विभागले १४ लाख स्मार्ट कार्ड खरिद गर्न लागेको हो । विभागले २०७७ मंसिरमा फ्रान्सेली ‘सेल्प कम्पनी’ लार्ई ठेक्का दिएको थियो । उक्त कार्ड १२ लाख ४ हजार डलर (करिब १४ करोड रुपैयाँ) मा खरिद गर्न लागिएको विभागले जनाएको छ ।

हाल स्मार्ट कार्ड अभावका कारण नवीकरण तथा स्मार्ट लाइसेन्स प्रिन्टका काम हुन सकेका छैनन् ।

१९ लाख लाइसेन्स कार्ड आवश्यक

सवारी लाइसेन्स नवीकरण गर्न बाँकी रहेका ७ लाख जनालार्ई स्मार्ट लार्ईसेन्स वितररण गर्न बाँकी रहेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुषालका अनुसार चालु आवमा ट्रायल पास गरेका ६ लाख र फारम भरेर परीक्षाको पर्खाइमा बसेका ६ लाख हाराहारी व्यक्ति रहेका छन् ।

यसरी हेर्दा झण्डै १९ लाख मानिसहरु लाइसेन्सको पर्खाइमा रहेका छन् । तर, विभागले भने जम्मा १४ लाख लाइसेन्स कार्ड आयात गर्न लागेको छ । जसमा ५ लाख व्यक्तिका लागि लाइसेन्स अझै अभाव हुने देखिन्छ ।
आकष्मिक वितरणका लागि विभागसँग हाल ३० हजार स्मार्ट कार्ड मौज्दात रहेको छ । विभागले वैदेशिक रोजगारीका लागि जाने, प्रहरी, कुटनीतिक लगायतका लागि आकष्मिक लाइसेन्सको व्यवस्था गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण वैशाखदेखि लाइसेन्स वितरण तथा परीक्षाका कार्यहरु रोकिएको थियो । विभागले यही भदौ २० गतेदेखि लाइसेन्सका लागि परीक्षा तथा ट्रायल संञ्चालन गर्ने तयारी गरेको छ । लाइसेन्स वितरणको काम भने अझै दशैँ अघि शुरु नहुने देखिएको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...