विजुलीको विल सजिलै तिर्न सकिने गरि महालक्ष्मी विकास बैंकले विद्युत प्राधिकरण संग गर्यो यस्तो सम्झौता
Monday Sep 06, 2021
वि.सं.२०७८ भदौ २१ सोमवार १८:१२
महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच व्यवसायिक सम्झौंता भएको छ। विद्युत महशुल बुझाउन सहजीकरण गर्ने उदेश्यले यो सम्झौंता गरेको बैंकले जनाएको छ।
सम्झौंतापत्रमा प्राधिकरण ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरे।
सम्झौंता अनुसार विजुलीको विल बैंकको मोबाइल बैंकिङ वा बैंक काउन्टरमै गएर भुक्तानी गर्न सक्नेछन्। सम्झौंता अनुसार पाँच सय रुपैयाँसम्मको भुक्तानीमा कुनै शुल्क तिर्नुनपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार ५ सय १ रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको भुक्तानीमा पाँच रुपैयाँ मात्रै सेवा शुल्क लाग्नेछ।



























