स्टार म्युजिक एण्ड फिल्मस अवार्ड कार्यक्रम
Wednesday Sep 08, 2021
वि.सं.२०७८ भदौ २३ बुधवार २२:३०
काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८
आयोजना गरिने भएको भएको छ । आज बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड
कार्यक्रम हुने घोषणा गरिएको हो ।
अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५
गतेसम्म फारम खुल्ला रहनेछ । आयोजक टिमका अनुसार फिल्मका
निर्देशक,कलाकार,प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट
योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।
अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम
एचिभमेण्ट अवार्डद्धारा सम्मान गरिने आयोजक टिमले जनाएको छ । कोरोना
महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समिटेर
यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान
पुर्याउनुहुने सबैलाई सम्मान,हौसला,प्रेरणा साथै अवार्ड समेत प्रदान
गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले
समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।
अवार्डमा २०७७(०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको
हकमा २०७३ देखी हाल सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता
शुल्क एक हजार रुपैया लाग्ने र एस एम एस भोटिङ्बाट आएको अंकलाई ५०५ र
जुरिको निर्णय ५० ५ हुने आयोजक टिमले बताएको छ ।


























