CG Electronics
IME Life
NIMB

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश दिने गरेर भजन गीत गाएको बताएका छन ।

यो गीत धार्मिक क्रान्तीकारी छ हालै बजारमा आएको भोले बाबा शिव भजनको बारेमा चर्चा गर्दे उनले भजन भनेपछि बुढा पुस्ताको मात्र हो भन्ने मान्यता तोड्न आफ्नो गीत सफल हुने दावी गरे ।

सो गीतमा भिडियोग्राफी निक्कै राम्रो छ भने अभिनय पनि गीत अनुसार निक्कै सुहाउदो देखिएको छ । सो गीत चपली हाइट, बुढानिलकण्ठ र रुद्रेश्वर महादेव लगायतका स्थानमा सुटिङ गरिएको छ ।

सो गीतमा गायक शाही, रीता केसी र पवन रानाभाटले स्वर दिएका छन् । भने गायक शाही, केसी र गीतका लेखिका सुमित्रा खड्का, दीपा पनेरुले मोडलिङ गरेका छन् । शिवको भूमिकामा युवराज पौडेल र पार्वतीको भूमिकामा गीतको लेखिका सुमित्रा निक्कै जमेकी छन् ।

छायांकन र गीत निर्माणमा निक्कै धेरै खर्च भएको जस्तो भिडियो देखिए पनि करिब सात लाख मात्र खर्च भएको डेउदा गायक शाहीले बताए । गीतकी लेखिका तथा व्यवसायी सुमित्राले आफूले भजनबाट मनोरञ्जन क्षेत्रमा सक्रिय हुन शुभारम्भ गरेको बताउदै आगामी दिनमा आफूले यस्ता गीत, डकुमेन्ट्री र फिल्ममा लगानी गर्ने सोच बनाएको बताइन । उनले पनि यो भजन गीत परम्परागत भजन भन्दा निक्कै फरक भएको दावी गरिन ।

सुरेश र सुमित्राले यो गीतबाट केही कमाउने भन्दा पनि नयाँ पुस्तालाई सन्देश दिने र आत्मसन्तुष्टी दिने हिसावले भजन गीत बनाएको बताए । यो गीत शिवजी महिना मानिने साउन र तिजलाई ध्यान दिएर बजारमा ल्याइएको गायिका सुमित्राले बताइन ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...