CG Electronics
IME Life
NIMB

‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ सर्वोत्कृष्ट सम्मिश्रण भएको दिपल एस०५ एसयुभी नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड चांगानको आधारिक विक्रेता एमएडब्लु वृद्धिले ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को सर्वोत्कृष्ट संयोजन भएको इलेक्ट्रिक एसयुभी दिपल एस०५ सार्वजनिक गरेको छ । यो नयाँ प्रिमियम इभीले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।

नयाँ दिपल एस०५ लाई नेपालका लागि चिनियाँ राजदुत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गर्नु भएको हो ।

सम्झौता नगरिएको लक्जरी
दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

क्याबिनलाई ‘लक्जरियस’ बनाउन उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्ट्रिी’, ६४ ‘एम्बायन्ट लाइटिंग’, ‘आउटडोर स्पिकर’सहितको १४ स्पिकरयुक्त ‘स्काइ सरान्ड साउन्ड सिस्टम’ दिइएको छ । साथै, लामो यात्रामा चाहिनेजति सामान बोक्न सेग्मेन्टकै सबैभन्दा ठूलो १५९ लिटरको ‘फ्रंक’ दिइएको छ ।

‘आईएफ अवार्ड–विनिंग स्टाइल’
आफ्नो ‘फ्युचरिस्टिक एस्थेटिक्स’ र ‘एरोडाइनामिक मास्टेरी’का कारण दिपल एस०५ युरोपको प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ २०२५ जितेको थियो । यसको ‘ड्रयाग कोफिसेन्ट ०.२५८ सीडी’ छ जुन नेपालको एसयुभी सेग्मेन्टकै सबैभन्दा कम हो यसले पर्फर्मेन्स र सुन्दरता दुवैलाई बलियो बनाउँछ ।

तारामण्डली स्वरुपबाट प्रभावित ‘शार्क नोज फ्रन्ट’, अन्तरीक्षयानबाट प्रभावित हेडलाइट, ‘फ्रेमलेस डोर’, ‘फ्लस ह्यान्डल, स्टार फिडर एलईडी टेललाइट, लुमिनस रियर लोगो’ रहेको छ । १९०० एमएम चौडाइ र १६०० सीसीको उचाइको बेजोड ‘प्रोपर्सन’ले सडकमा दमदार उपस्थिति जनाउँछ ।

‘टेक्नोलोजी’ ले भरिपूर्ण एस०५
नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँगुरो ठाउँमा सहजै पार्किंग गर्न सकिन्छ ।

साथै यसमा पछिल्लो प्रविधिको ‘एडास २.०’ रहेको छ जसमा ‘ट्राफिक जाम असिस्ट, लेन सेन्टरिंग कन्ट्रोल, फर्वाड कोलिजन वार्निंग’ लगायत १९ वटा अत्याधुनिक सुरक्षाको फिचर छन् । दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर छन् । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिंग सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।

‘गोल्डेन शिल्ड ब्याट्री’
दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।

साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ ।

‘रियर ह्विल ड्राइभ’ र ५०ः५० प्रतिशतको बराबर ‘वेट डिस्ट्रिब्युसन’ले नयाँ दिपल एस०५ को ‘पर्फमेन्स’ लाई बेजोड बनाइदिन्छ । यसको ‘एनईडीसी रेन्ज’ चार सय ७० किलोमिटर रहेको छ ।

सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ नयाँ दिपल एस०५ प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । प्लस भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ तर यसको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । साथै, माथिल्लो भेरियन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाललाई यसको सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

नयाँ दिपल एस०५ ‘मुनलाइट ह्वाइट’, ‘ग्यानिमेड ग्रे’, ‘दिप स्पेस ब्ल्याक’, ‘एन्ड्रोमेडा ब्लु’ र ‘मक्र्युरी सिल्भर‘’ गरी ५ आकर्षक रंगमा उपलब्ध छ । साथै यसको इन्टेरियर ‘ओरेन्ज’ र ‘ब्ल्याक’ गरी दुई ‘लेदेरेटेड कम्बिनेस’ मा उपलब्ध छ ।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...