IME Life
NIMB

पुनर्बीमा सहित निर्जीवन बीमा कम्पनीहरुको आर्थिक बर्षमा ६३ अर्ब ३९ करोडको लगानी

NIMB
Himalayan Bank

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु सहित नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ६३ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । तेस्रो त्रैमासको अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेका छन् भने नेपाल पुनर्बीमा कम्पनी एक्लैले १६ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीमा समितिले लगानी निर्देशिका मार्फत लगानीको दायरा बढाउँदै लगे पनि कम्पनीहरुले अझै आफ्नो लगानीको क्षेत्र विस्तार गर्न सकेका छैनन्। बीमा समितिका अनुसार बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार तथा संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीहरुले सर्वाधिक धेरै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन्। बीमा कम्पनीहरु बैंक तथा वित्तीय संस्थाको निक्षेपको मुख्य स्रोत मानिन्छन्। साथै बीमा कम्पनीहरुको लगानीको प्रमुख क्षेत्र पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप रहेको छ। बीमा समितिले जारी गरेको लगानी निर्देशिकामा कूल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म बाणिज्य बैंकको मुद्दती निक्षेप, २० प्रतिशतसम्म विकास बैंकको मुद्दती निक्षेप र १० प्रतिशतसम्म फाइनान्सको मुद्दती निक्षेपमा लगानी गर्न सक्ने व्यवस्था छ।

बीमा कम्पनीहरुले सर्वसाधारणको बचत तथा जीवन जोखिमको दायित्व बहन गर्ने हुँदा सुरक्षित स्थानमा मात्रै लगानी गर्नुपर्ने व्यवस्था छ। यसले गर्दा कम्पनीहरुले सुरक्षित लगानीको रुपमा सरकारी ऋणपत्र तथा बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने गरेका हुन्।

जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा सर्वसाधारणको बचत फिर्ता गर्न सक्दैनन्। यदि कुनै कारणले ठुलो जोखिम आइपर्यो भने कम्पनीहरुले समयमा बीमितको पैसा फिर्ता गर्न सक्दैनन् भन्ने मान्यताका कारण पनि सबैभन्दा धेरै नियमन हुने बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्ने गरेका हुन्।

बीमा समितिको तथ्याङ्क अनुसार क वर्गको बैंकको मु्द्धती निक्षेपमा ४५ अर्ब ५१ करोड रुपैयाँ, ख वर्गको मुद्धती निक्षेपमा ५ अर्ब ३५ करोड रुपैयाँ र ग वर्ग बैंकमा ६७ करोड २७ लाखरुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेका छन्। पछिल्लो समय कम्पनीहरुले शेयर बजारमा लगानी गरेर राम्रो मुनाफा आर्जन गरेका छन्।

त्यसैगरी, घर जग्गामा गरिएको लगानीमा ५ करोड ३७ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २ अर्ब ५० करोड रुपैयाँ, क,ख र ग वर्गको बैंक तया वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २ अर्ब २५ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिभेञ्चरमा १ अर्ब ५५ करोड रुपैयाँ, कृषि पर्यटन तर्या जलस्रोत तया पूर्वधारमा ७७ करोड ४ लाख रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ५ अर्ब ६१ करोड रुपैयाँ र अन्यमा ३ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् ।

समितिले निश्चित रकम पुर्वाधार तथा अन्य क्षेत्रमा लगानी गर्ने छुट प्रदान गरे पनि कम्पनीहरु बैंक तथा वित्तीय संस्थाको निक्षेपमै रमाएर बसिरकेका छन्। यसै क्रममा बीमा समितिले बीमा कम्पनीहरुलाई लगानी निर्देशिका अनुसार पूर्वाधार क्षेत्रमा लगानी गर्न अनुरोध गर्दै आएका छन्। तर कम्पनीहरु भने लगानीका अन्य क्षेत्रमा जान तयार देखिदैनन्।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालमा उपचार शुल्कमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल...

वि.सं.२०८३ साउन २० बुधवार २३:०५

  काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...