IME Life
NIMB

भ्वाइस, डेटादेखि रिचार्जमा टेलिकमले ल्यायो दशैंतिहार अफर,२९४ रुपैयाँमा २० जीबी डेटा

NIMB
Himalayan Bank

नेपाल टेलिकमले चाडपर्वलक्षित अफरहरु सार्वजनिक गरेको छ। मंगलबारदेखि डेटा र भ्वाइस प्याक एवम् रिचार्ज गर्दा बोनससहितका अफर टेलिकमले ल्याएको छ।

डेटा प्याक अन्तर्गत टेलिकमले २९४ रुपैयाँमा २० जीबी डेटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डेटा तीन दिनभित्र प्रयोग मिल्ने अफर ल्याएको छ। एक दिनका लागि अनलिमिटेड एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा दिने टेलिकमले जनाएको छ।

भ्वाइस सेवाअन्तर्गत टेलिकमले २५ रुपैयाँमा एक दिन ९२४ घण्टा० प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक दिने जनाएको छ। यी प्याकहरु जुनसुकै समय ९अल टाइम० प्रयोग गर्न सकिन्छ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ। दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दिन दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १०२४ एमबी डेटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल गर्नुपर्नेछ। यो अफरहरु दसैंका लागि कात्तिक २ गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ। साथै, तिहार, न्हुँदया र छठको अवसरमा यी अफरहरु कात्तिक १६ देखि २४ गतेसम्म पुनस् उपलब्ध हुने बताइएको छ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...