hastakal ad lamo
janaganan ad lamu
ime long ad

नेपाल हस्तकला महासंघकाे १८ औं हस्तकला ब्यापार मेला हुने

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं । कात्तिक नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औ हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरुमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष काठमाडौं हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ । मेला उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नु हुने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिनुभयो ।

उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुइ विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान वज्राचार्यले बताउनुभयो ।

त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ÷संस्थाको पनि सहयोग रहेको छ । उक्त महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ताबीचमा व्यबसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता ÷उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रबाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । त्यस्तै त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्वन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।

janaganan ad lamu
century bank long ad

मौद्रिक नीतको सीडी रेसियोको लचिलो नीतिले बैंकहरुलाई तरलता व्यवस्थापनमा राहत हुने : नेपाल उद्योग परिसंघ

मौद्रिक नीतको सीडी रेसियोको लचिलो नीतिले बैंकहरुलाई...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०७:५४

काठमाडौं। नेपाल उद्योग परिसंघले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा नेपाल...

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:३७

गोलगढ, भैरहवा । नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स उत्पादक...

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५६

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको...

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र...

वि.सं.२०७८ मंसिर ४ शनिवार ०९:१२

  काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६...

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो, चाँदीको...

वि.सं.२०७८ मंसिर २ बिहीवार २०:३३

  साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको...