CG Electronics
IME Life
NIMB

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

NIMB
Himalayan Bank

 

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार कम्पनीले जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा बीमा व्यवसाय विस्तारमा सकारात्मक वृद्धि हासिल गरेको देखिएको छ। कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले वृद्धि हुँदै ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो।

यद्यपि, कम्पनीको खुद नाफा भने घटेको छ। अघिल्लो वर्ष ४७ करोड २४ लाख रुपैयाँ रहेको नाफा ४४.६६ प्रतिशतले घटेर २६ करोड १४ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २१ करोड ८३ लाख रुपैयाँ थियो। बीमा शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको बजार पहुँच र व्यवसायिक गतिविधि विस्तार भइरहेको देखाउँछ।

कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १६ अर्ब ९० करोड २३ लाख रुपैयाँ रहेको छ। त्यस्तै अभिकर्तालाई दिइने कमिसन खर्च ५.७३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ। जगेडा कोष ४१.७४ प्रतिशतले वृद्धि भई ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७० करोड २९ लाख रुपैयाँ थियो।

त्यसैगरी, महाविपत्ति कोष पनि बढेर ४६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ।

 

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...