hastakal ad lamo
janaganan ad lamu
ime long ad

राजदूत नियुक्ती र जापानवासी नेपालीका विषयमा एनआरएनए जापानको टोलीद्धारा परराष्ट्रमन्त्रीलाई ज्ञापन

Machhapuchchhre Bank ad

kumari long ad

 

काठमाडौं । गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ ।

एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर २ तारिख मन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटेर टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

तत्काल सम्वोधन गरिनुपर्ने दुई र दिर्घकालिन रुपमा गर्नुपर्ने ७ वटा महत्वपूर्ण विषय समेटिएको ज्ञापनपत्रमा रिक्त राजदूत तत्काल नियुक्ती सहित दुई देशबिचको कुटनीतिक सम्वन्ध मजबुद बनाउन आग्रह गरिएको छ ।

नेपालमा सिओई आएर रोकिएका सबै भिषा स्टाटसका नेपालीहरुको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाईन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत आग्रह गरिएको छ ।

श्रमिकको सिपमूलक क्षमता अभिबृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराईएको छ ।

जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न दुई देशबिच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पबिकसित राष्ट्रका नागरिकहरु लाभान्वित हुनेगरि बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजिकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रद्धिबता एनआरएनए जापानको टोलिले गरेको छ ।

कुक भिषामा जापान जाने नेपालीहरुबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिनेगरेका समस्या र उनिहरुमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले जोडदार आग्रह गरेको छ ।

जापान र नेपाल सरकारबिच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमती भएपनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौं नेपालीले मौका गुमाईरहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।

भियतनाम, चीन लगायत कतिपय राष्ट्रका विद्यार्थीहरुको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नुनपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न आग्रह गरिएको छ ।

हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ती नभएकाले यथासक्य छिटो कुटनीतिक क्षेत्रमा दक्षता राख्नसक्ने राजदूत नियुक्तीको पहल गर्न आग्रह सहित एनआरएनए जापानले सरकारले चाल्ने कदममा एनआरएनए जापानले सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ ।

एनआरएनए जापानको तर्फबाट ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले ज्ञापनपत्रमा उल्लेख बुंदाहरुको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

janaganan ad lamu
century bank long ad

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५६

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको...

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र...

वि.सं.२०७८ मंसिर ४ शनिवार ०९:१२

  काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७८ मंसिर २ बिहीवार २०:३१

  नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर...

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:४७

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५००...

चाडपर्वमा समेत विप्रेषण घट्यो

चाडपर्वमा समेत विप्रेषण घट्यो

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:२८

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको...