CG Electronics
IME Life
NIMB

क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेक मेलाको २७औँ संस्करणको आवश्यक तयारी अघि बढाइएको आयोजक क्यान महासङ्घले जनाएको छ ।

इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने गरी तयारी गरिएको भए पनि कोभिड–१९ महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको थियो । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न पाउने महासङ्घका महासचिव नारायण थापाले बताए ।

प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्ड रहनेछन् ।

इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ । सन् १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुआत गरेकामा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी एवं सम्मेलन मुलुककै ठूलो प्रदर्शनी मानिन्छ । प्रदर्शनीले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत पुग्ने महासङ्घले विश्वास लिएको छ ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...