CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार जेनेसिस भेन्चर्स लिमिटेडको प्रस्तावित २५ लाख कित्ता साधारण शेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।

सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस सहकार्यले नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउनुका साथै सर्वसाधारणका लागि लगानीका अवसर विस्तार गर्ने विश्वास लिइएको छ ।

जेनेसिस भेन्चर्स लिमिटेड एक निजी बजार लगानी कम्पनी हो । कम्पनीले सूचीकृत नभएका इक्विटी अवसरहरूमा लगानी गर्दै उच्च वृद्धि सम्भावना भएका क्षेत्र तथा दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित भएर काम गर्दै आएको जनाएको छ ।

कम्पनीले बलियो आधार र विस्तारको सम्भावना भएका व्यवसायहरूको पहिचान तथा लगानीलाई प्राथमिकता दिँदै आएको छ । प्रस्तावित आईपीओले कम्पनीको भावी वृद्धि तथा रणनीतिक विस्तार योजनालाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...