CG Electronics
IME Life
NIMB

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ आवासीय एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ । मंगलबार विशेष कार्यक्रममा उक्त एयर कन्डिसनर सार्वजनिक गरिएको हो ।

कम्पनीले नेपाली घरपरिवारको आवश्यकता, बढ्दो विद्युत् खर्च तथा ऊर्जा–दक्ष प्रविधिप्रतिको मागलाई ध्यानमा राखेर नयाँ श्रृंखला ल्याएको जनाएको छ । नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट ऊर्जा व्यवस्थापन प्रणाली समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्युत् खपत नियन्त्रण गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा चौधरी समूहका प्रबन्ध निर्देशक निरवान चौधरीले उत्पादनको औपचारिक सार्वजनिक गरेका थिए ।


एलजीका अनुसार ‘किलोवाट म्यानेजर’ सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको विद्युत् खपत सीमा तथा सञ्चालन समय निर्धारण गर्न सक्नेछन्। साथै, एलजी थिनक्यु जडान प्रणालीमार्फत वास्तविक समयमै विद्युत् खपत अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ । अत्यधिक ऊर्जा प्रयोग भएको अवस्थामा सूचना प्राप्त हुने तथा प्रयोगकर्ताको आवश्यकता अनुसार स्वचालित ऊर्जा बचत प्रणाली सक्रिय हुने कम्पनीले जनाएको छ ।

नयाँ एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशतसम्म छिटो शीतलन प्रदान गर्ने दाबी गरिएको छ । यसमा ‘फ्रिज क्लिन’ प्रविधि पनि समावेश गरिएको छ, जसले इभापोरेटरमा जमेको धुलो तथा जीवाणुलाई सफा गरी स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

एलजीका अनुसार ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा रहेका ९९ दशमलव ०४ प्रतिशतसम्म जीवाणु हटाउन सक्षम रहेको परीक्षणबाट पुष्टि भएको छ ।

नेपालको भोल्टेज उतारचढाव तथा मौसमीय अवस्थालाई ध्यानमा राख्दै नयाँ मोडेलमा गोल्ड फिन प्लस एन्टि–कोरोसन कोटिङ, १०० प्रतिशत तामाको ट्युब तथा स्टेबलाइजरबिनै सञ्चालन हुने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका बजार व्यवस्थापन विभागका महाप्रबन्धक गौरव हमालले ऊर्जा दक्षता अहिले नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको उल्लेख गर्दै नयाँ प्रविधिले उपभोक्तालाई विद्युत् खपत तथा घरेलु खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एलजी इलेक्ट्रोनिक्स विश्वस्तरमा घरेलु उपकरण, उपभोक्ता विद्युतीय सामग्री तथा वातानुकूलन समाधान प्रदायक कम्पनीका रूपमा परिचित छ । नेपालमा भने यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

  

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...