स्टडी ग्रुपले नेपाली विद्यार्थीहरूको लागि “जब रेडी प्रोग्राम” ल्याउँदै
Tuesday Dec 07, 2021
वि.सं.२०७८ मंसिर २१ मंगलवार २१:०६
ल्यान्कास्टर युनिभर्सिटी (इङ्गल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्गल्याण्ड), एबरडीन युनिभर्सिटी (स्कटल्याण्ड) र डेपाउल युनिभर्सिटी (शिकागो) लगायतका अन्तरराष्ट्रिय विश्वविद्यालयहरूसँग साझेदारी गरेर स्टडी ग्रुपले विद्यार्थीहरुलाई पढ्दै कामको अनुभव लिने र भविष्यमा राम्रो रोजगारी सुनिश्चित गर्ने किसिमका बहुमुल्य सीपहरु प्रदान गर्ने उद्धेश्यले
काठमाडौं । अग्रणी विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई उनीहरुको करियरमा मद्दत गर्ने उद्धेश्यले जब रेडि प्रोग्राम ल्याएको छ ।
यो प्रोग्राम विशेष गरी नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनको लागि पभथ तचबलकाभचबदभि कपष्ििक सिक्न मद्दत गर्न डिजाइन गरिएको हो जसले उनीहरूलाई पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाई सकेपछि अन्तरराष्ट्रिय कम्पनीहरुमा रोजगारी पाउन सक्षम बनाउँछ ।
स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर वा युएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवा शुल्क व्यहोर्नेछ ।
स्टडी ग्रुपका विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै सि.भी. लेखन र प्रोफाइल प्रेजेन्टेसनको लागि पनि सहयोग प्राप्त गर्नेछन् । यसको साथै उनिहरुले इन्टर्भ्यु कोचिङ, मक इन्टर्भ्युबाट पनि लाभ लिन सक्नेछन् । यो कार्यक्रम सकिएपछि विद्यार्थीहरुले सम्भावित रोजगारदाताहरुसँग ३ वटा सम्म इन्टर्भ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन् ।
स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक श्रीनि बन्दरा ज्यूले भन्नुभयो, “जब रेडी प्रोग्राम स्टडी ग्रुपको एउटा यस्तो गज्जबको पहल हो जसले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा सक्किनासाथ कामको लागि दक्ष (धयचप चभबमथ) बनाउँछ । उनिहरुले युके आउनासाथ आफैँले अध्ययन गरेको बिषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल कोर कम्पिटेन्सिज बढाउन र सम्बन्धित कामको अनुभव बढाउन सक्षम हुनेछन् जसले उनीहरुको भविष्यमा राम्रो रोजगारी पाउन सक्ने अवसर सुनिश्चित हुन्छ । फलस्वरुप नेपाली श्रम बजारमा अहिले देखा परिरहेको “स्किल ग्याप” लाई पनि उनीहरु कम गर्न सक्षम हुनेछन् ।
स्टडी ग्रुपको यस रोजगारी कार्यक्रममा “प्रिपेयर फर सक्सेस”, “जब रेडी”, “भर्चुअल इन्टर्नशिप” जस्ता कार्यक्रमहरु समावेश छन् । यी नयाँँ कार्यक्रमहरु युके र युएसका विश्व–विद्यालयहरुमा राम्रोसँग अध्ययन सकाउन र एक्काइसौँ शताब्दीमा सफल हुन आवश्यक सीप प्रदान गर्न डिजाइन गरिएका हुन् ।
प्रिपेयर फर सक्सेस
नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किलहरु सिक्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले ल्याइएको अनलाइन कार्यक्रम हो । यो कार्यक्रमको तात्कालिक नतिजाको रुपमा यो कोर्समा सहभागि ८२% विद्यार्थीले आफ्नो उच्च शिक्षा अगाडि बढाउन आफु पर्याप्त रुपमा तयार भएको बताएका थिए ।
जब रेडि
स्टडी ग्रुपका निःशुल्क रोजगार सेवा अन्तर्गत युकेमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पढ्दै काम गर्ने अवसर पाउनुका साथै की ट्रान्स्फरेबल स्किल्स सिक्न र कामको अनुभव लिन सहयोग गर्नेछ ।
भर्चुअल इन्टर्नशिप
स्टडी ग्रुपले भर्चुअल इन्टर्न्शिपस् पार्ट्नर्स लि.सँग सहकार्य गरेर नेपाली विद्यार्थीहरुलाई ७० भन्दा बढी देशहरुको ४० भन्दा बढी उद्योगहरुमा अनलाइन इन्टर्न्शिशप र कामको अवसर प्रदान गर्नेछ। भर्चुअल इन्टर्न्शिपस्ले विश्वभरीका ४,००० भन्दा बढी कम्पनीहरुसँग सहकार्य गरेर हजारौँ विद्यार्थीहरुलाई रिमोट इन्टर्नशिपको माध्यमबाट प्रोफेसनल स्किलहरु वृद्धि गर्न सहयोग गर्छ ।

























