CG Electronics
IME Life
NIMB

हामीले गलत गरेका छैनौँ  : जिसिडी कन्सल्टेन्सी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

युएई- अष्ट्रेलिया लैजाने भन्दै ठगी गरेको समाचार सार्वजनिक भएपछि दुबईस्थित जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले विज्ञप्ति निकालेर खण्डन गरेको छ।

दुबईमै रहेका काजिमान बुढाथोकीलाई उक्त कन्सल्टेन्सीले नक्कली भिजा देखाएर ठगी गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले विज्ञप्ति निकाल्दै उक्त समाचारको खण्डन गरेका हुन ।

बुढाथोकीले आफूले उक्त कन्सल्टेन्सीमा गएको जुलाई २०२० मा अष्ट्रेलिया जाने प्रक्रिया सुरु गरेको र अहिलेसम्म पनि आफूलाई अष्ट्रेलिया नलगी नेपाली करिब ६ लाख रुपैयाँ फिर्ता माग्दा नदिएको बताएका छन ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले भने कोभिड १९ का कारण गएको डिसेम्बर २०२० देखि नै सब क्लास(९९८ वर्गको भिषावाहकलाई अष्ट्रेलिया सरकारले आगमन अनुमति नदिएकोले बुढाथोकीलाई पठाउन नसकिएको बताएका छन ।

कन्सल्टेन्सीद्वारा जारी विज्ञप्तिमा संचारमाध्यमहरुमा दावी गरिए झैँ बुढाथोकीको नाममा जारी भिषा नक्कली नभएको उल्लेख छ । निश्चित समयावधिका लागि मात्रै भिषा अनलाइन प्रणालीमा प्रविष्ट हुने विश्वव्यापी नियम रहेकोले सधैंभरी उक्त भिषा अनलाइनमा नदेखिइने कन्सल्टेन्सीले जनाएको छ।

सञ्चारमाध्यमहरुले द्विपक्षीय धारणा नलिई एकतर्फी समाचार सम्प्रेषण गरेकोप्रति कन्सल्टेन्सीका प्रबन्धनिर्देशक रमेश श्रेष्ठले दुस्ख व्यक्त गरेका छन ।

उनले आफु सार्बजनिक मान्छे भएकाले सधै सार्बजनिक रुपमै रहेको अवस्थामा बेपत्ता भयो सम्म भनेर बदनाम गरिएको प्रति खेद ब्यक्त गरे । श्रेष्ठले आफ्नो कम्पनीका बारेमा केहि आवस्यक जानकारी लिन चाहे आफू चौबिसै घन्टा तयारी रहेको समेत बताए ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...