Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिनेको ओइरो लाग्यो, कतिले भरे ?

 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधारण सेयर आईपीओ मा आवेदन दिनेको ओइरो लागेको छ। शुक्रबारदेखि आवेदन खुला गरेको कम्पनीको आइपीओमा चार दिनमा ५६.१८ गुणा आवेदन परेको हो ।

सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा २२ लाख २६ हजार ९६९ जनाले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५६.१८ गुणा बढी हो ।

लघुवित्तले माघ २१ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको छ । निष्कातशत कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ । हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...