IME Life
NIMB

कुमारी बैंकमा कार्यकारी अधिकृतको जिम्मा राचन्द्र खनालले पाए

NIMB
Himalayan Bank

 

कुमारी बैंकमा कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा राचन्द्र खनालले पाएका छन् । कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मामा रहेका खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो ।

आज सोमबार बसेको सञ्चालक समितिले अनुजमणि तिमिल्सिना र मनिश तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गर्दै खनाललाई कामू सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका हुन् ।

गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर कुमारी बैंकले ऋण दिएपछि कामू सीइओ तिमिल्सना र डेपुटी सीइओ महेशको भूमिकामा प्रश्न उठेको थियो । बैंकले धितो नक्कली भएको थाह पाएपनि प्रहरीलाई खबर गरेको थिएन । पछि अमात्यको उजुरीको आधारमा मात्र कुमारी बैंकले गायक अमात्यको नक्क्ली धितो राखेर ऋण दिएको खुलेको थियो ।

कुमारी बैंकको सञ्चालक समितिले अर्को व्यवस्था नहुँदासम्म खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो । सुरेन्द्र भण्डारीको कार्यकाल असार मसान्तमा सकिएपछि अनुजमणिलाई कामू सीइओको जिम्मेवारी दिएको थियो ।

कुमारी बैंक स्रोतका अनुसार अनुज र महेश १२ महिनाको तलब लिएर बाहिरिएका हुन् । यसबाहेक उनीहरुले सुविधामा पाएको गाडी समेत बैंकले जागिर छाड्दा दिएको कुमारी बैंक स्रोतले जानकारी दियो ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...