Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

काठमाडौं महानगरद्वारा ७ करोड वक्यौता असुल

 

काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड रुपैयाँ वक्यौता रकम असुल गरेको छ।

गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेको महानगरले जानकारी दिएको छ। तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन्।

ुआउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन,ु कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले भने। कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो। त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ।

धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्। तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर संकलन गरिरहेको हो। सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ। नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।

सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौं, अधिकारीले भने।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ : गृहमन्त्री अर्याल

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले...

वि.सं.२०८२ कात्तिक २३ आइतवार ०८:५१

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा...