CG Electronics
IME Life
NIMB

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार काठमाडौंमा आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले सो प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएकोमा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, एजेण्ट, ग्राहक तथा सरोकारवालाप्रति आभार र बधाई व्यक्त गर्नुभयो।

उहाँले आगामी वर्षहरूमा व्यावसायिक विस्तार, नयाँ प्रविधि र रणनीतिसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिट्यान्स सेवाको थप विस्तार र विविधीकरण गर्दै आइएमईलाई कम्प्लीट फाइनान्सियल सोलुसन्स प्रोभाइडरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षको यात्रामा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, आइएमईको यात्रा गौरवपूर्ण र प्रेरणादायी अध्याय हो, जसले नेपालको वित्तीय क्षेत्रमा स्थायित्व र विश्वासको उदाहरण प्रस्तुत गरेको छ।

त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम प्रयोग गर्दै रेमिट्यान्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखिएको पनि बताउनुभयो।

आइएमई लिमिटेडले विगत २५ वर्षदेखि विश्वसनीय र सुरक्षित रेमिट्यान्स सेवामार्फत लाखौं नेपालीहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि ग्राहक सन्तुष्टि, नवप्रवर्तन र दिगो वित्तीय सेवा प्रवर्द्धनलाई प्राथमिकता दिने जनाएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...