IME Life
NIMB

सेयर बजारमा तीव्र उतरचढाव, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

NIMB
Himalayan Bank

 

सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । दिनभरमा झन्डै ९० अंकको उतरचढाव आएको हो । बजार खुलेको ५ मिनेटमै ६५ अंकले बढेको बजार २५ अंकसम्मले घटेको थियो भने अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले बढेर सवा ६ अर्ब नाघेको छ । मंगलबार नेप्से १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ । आज २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै ०.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.५४ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २३० कम्पनीमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३६ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर ३३ करोड र निफ्रा ३२ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल हाइड्रो ५.१८, बोटलर्स नेपाल ३.९५, युनिभर्सल पावर ३.६३, तेह्रथुम पावर ३.२५, अपर तामाकोशी ३.०९, हिमालयन पावर, एचआइडीसीएल, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा लगायत १ दर्जन कम्पनीके सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...