CG Electronics
IME Life
NIMB

घर किन्न कुन बैंकले कति ब्याजदरमा दिन्छन् ऋण ? यस्तो छ बैंकले तोकेको रेट

NIMB
Himalayan Bank

 

मानिसको आधारभूत आवश्यकता भित्र पर्ने आवसलाई मध्यनजर गदै बैंक तथा वित्तीय संस्थाहरूले निमार्ण तथा खरिदका लागि ऋण उपलब्ध गराउने गरेका छन् ।

निरन्तर पेयब्याक आइरहने, जोखिमयुक्त कर्जामा परिणत हुने सम्भावना कम हुनुका साथै बिजनेशको ठूलो हिस्सा ओगट्ने भएकाले बैंकहरूले घरकर्जा दिने गरेका हुन् ।

पछिल्लो समय घर मानिसको सामाजिक प्रतिष्ठासँग जोडेर समेत हेर्ने गरिएको पाइन्छ । जसले गर्दा राम्रो ठाउँमा राम्रो घर लगाउने मानिसको सोख हुन्छ । सोही कुरालाई मध्येनजर गदै बैंक तथा वित्तीय संस्थाहरूले घरकर्जा अन्तर्गत ब्याजदर तोकेर निश्चित अवधिका लागि ग्राहकलाई ऋण दिन्छन् ।

नेपालमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरूले घरकर्जाको लागि ऋण दिने गरेका छन् । अर्थतन्त्रका दृष्टिले घरमा गरिएको लगानी अनुत्पादक मानिन्छ । यद्यपि, वित्तीय संस्थाहरूले यस क्षेत्रमै सबैभन्दा धेरै कर्जा प्रवाह गरिरहेको तथ्यांकले देखाउँछ । चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू घरजग्गा (रियल इस्टेट र व्यक्तिगत होमलोन)मा साढे ५ खर्ब ऋण लगानी गरेका छन् ।

 

यद्यपि, पछिल्लो समय बैंकहरूले ग्राहकको माग बमोजिम कर्जा लगानी गर्न सकेका छैन । बैंकिङ प्राणालीमा भएको तरलता अभावले बैंकहरूबाट सहज ऋण पाउने अवस्था छैन् भने ब्याजदर पनि उच्च हुँदै गएको छ । चालु आर्थिक वर्षको सुरूदेखि नै तरलता अभावका कारण सहजरूपमा ऋण पाउन नसकेको अवस्था छ ।साथै, नेपाल राष्ट बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत पनि घरजग्गामा प्रवाह हुने ऋणमा कडाइ गर्ने घोषणा गरेको छ ।

 

सोही कारण बैंक तथा वित्तीय संस्थाहरूले होम लोनको ब्याजदर पनि केहीले वृद्धि गरेका छन् । कुनै वाणिज्य बैंकहरूले भने निश्चित अवधिका लागि स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध गराउने बताएका छन् ।

 

बैंक तथा वित्तीय संस्थाको लागतले आधारदर निर्धारण गर्छ । सोही आधारदरमा संस्थाहरूले केही प्रतिशत प्रिमियम थपेर घर कर्जा लगायत विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्छन् ।

 

कुन बैंकले कति ब्याजदरमा दिन्छन् घरकर्जा ?

 

अहिले अधिकांश बैंकहरूले दोहोरो अंक्को ब्याजदरमा घरकर्जा दिने गरेका छन् । एक वर्ष अघिसम्म साढे ८ प्रतिशत हाराहारीमै घरकर्जा दिएका बैंकहरूले पछिल्लो समय तरलता अभाव चुलिँदै गएसँगै कर्जाको ब्याजदर पनि ह्वात्तै बढाएका छन् ।

 

केही बैंकले घरकर्जाको निश्चित प्रतिशत ब्याजदर तोकेका छन् भने केहीले आधरदरमा ग्राहकसँगको सम्बन्ध अनुसार थप प्रिमियम जोडर घर कर्जा दिने गरेका छन् । साथै, बैंकहरूले स्थिर (फिक्स्ड) ब्याजदरमा पनि घरकर्जा दिने गरेका छन् ।

 

हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वको नेपाल बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ । नेपाल बैंकले न्यूनतम् ९.८५ देखि अधिकतम् १२.४९ प्रतिशत ब्याजदरमा घरकर्जा दिन्छ ।

 

वाणिज्य बैंकहरूमध्ये सिभिल बैंकको ब्याजदर सबैभन्दा महँगो रहेको छ । सिभिलले आधारदर ९.२४ प्रतिशतमा ८ प्रतिशतसम्म प्रिमियम जोडर १७.८ प्रतिशत ब्याजमा घरकर्जा लगानी गर्ने गरेको छ ।

 

सिटिजन इन्टरनेशनल बैंकले न्युनतम १०.५० देखि १२ प्रतिशतसम्म घरकर्जाको ब्यजदर तोकेको छ । त्यसैगरी प्रभु बैंकले ११.९९ देखि १२.९९, मेगा बैंकले ११.९९ देखि १५, कृषि विकास बैंकले १२.५३, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.४७ र सेन्चुरी बैंकले १२.८२ प्रतिशतसम्म घरकर्जाको ब्याजदर निर्धारण गरेका छन् ।

 

नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले ९.१५ प्रतिशत आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर १६.१५ प्रतिशतसम्म घरकर्जाको ब्याजदर तोकेका छ ।यसैगरी, सानिमा बैंकले १५.०८, कुमारीले ८.९३ बेसरेट र ६.५० प्रिमियम सहित १५.४,हिमालयन बैंकले ८.९४ प्रतिशत बेसरेट र ६ प्रतिशत प्रिमियम सहित १४.९४, एनएमबी बैंक ८.६० बेसरेट र ६ प्रतिशत प्रिमियम सहित १४.६ प्रतिशतसम्म घरकर्जाको ब्याजदर तोकेका छन् ।

 

सनराइज बैंकबाट १२.५० देखि १३.५०, एभरेष्ट बैंकबाट १२.३३ देखि १४.३३, नेपाल एसबीआइ बैंकबाट १३.५० देखि १५.५, लक्ष्मी बैंकबाट १३.७४, माछापुच्छ्रे बैंकबाट १२.५० देखि १४.५०, स्ट्यान्डर्ड चार्टर्डबाट १२.२५, प्राइमबाट १५.२६ प्रतिशत ब्याजदरसम्म ग्रहाकले घरकर्जा लिन सक्नेछन् ।

 

यसैगरी, सिद्धार्थ बैंकले बेसरेट ८.६५ मा ६ प्रतिशतसम्म प्रिमियम जोडेर घरकर्जा दिने जनाएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ११ देखि १३, नबिलले १०.३९ देखि १४.३९, एनआइसी एसीयाले १३.८९ र ग्लोबलआइएमई बैंकले ११.९९ देखि १३.९९ प्रतिशतसम्म घरकजाको ब्याजदर कायम गरेका छन् ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...