प्रधानमन्त्री देउवाले सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन
Monday Jun 06, 2022
वि.सं.२०७९ जेठ २३ सोमवार ११:५८
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर निर्देशन दिएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै देउवाले सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् ।
संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४र१२ को नीति परिवर्तन गर्नुपर्ने,कर्जा निक्षेप अनुपात९सिडी रेसियो०को व्यवस्था परितर्वन गर्नुपर्ने भारित औसत दर १५० को सीमालाई परिवर्तन गरेर १०० मा पुर्याउनुपर्ने जस्ता माग राखेर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए ।
प्रधानमन्त्री देउवाले गभर्नरलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्न संघसँगको सहकार्यमा नीति बनाउन र लगानीकर्ता समस्यामा परेको भन्दै गम्भिर भएर सोच्न निर्देशन दिएका हुन् ।
























