Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

Citizen Life  Ad

 

काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो ।

सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ ।

यस रुटको लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ, जसमा अन–बोर्ड मिल सर्भिस(विमान भित्रै खानाको सुविधा) पनि रहेको छ ।

थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।

आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले भने “काठमाडौँ–बैङ्कक हवाई सेवाको शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।

यसले निश्चित रूपमा बैङ्कक र एशियाका अन्य प्रमुख शहरहरू बीच बढ्दै गईरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ । हामीलाई विश्वास छ कि यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ । साथै हामीलाई यो पनि विश्वास छ कि यस रुटको शुरुवात सँगै नेपाल बिस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरुका लागि पनि पर्यटकिय आकर्षणको केन्द्र हुनेछ ।”

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने “थाई स्माइलको हवाई उडान सेवा शुरु गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ । यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ ।”

 

NIC ASIA BANK –  AD
prabhu bank

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

वि.सं.२०७९ साउन २५ बुधवार २३:३४

काठमाडौं । हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा। नारायण खड्काको औपचारिक भ्रमणका...

“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल...

वि.सं.२०७९ साउन २५ बुधवार २३:२७

काठमाडौं ।“रिचिङ द पिनाकल २०७९÷८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स...

सानिमा बैंकले विश्व बैंकको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट भित्र्यायो २ करोड अमेरिकी डलर

सानिमा बैंकले विश्व बैंकको अन्तराष्ट्रिय वित्त निगम...

वि.सं.२०७९ साउन २५ बुधवार २२:५५

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त...

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ...

वि.सं.२०७९ साउन २५ बुधवार २२:२९

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय...

नेपाल टेलिकमको ३ करोड  कित्ता बोनस शेयर सूचीकृत

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस शेयर...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:१५

काठमाडौं । मंगलवार नेप्सेमा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)को बोनस...

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:००

काठमाडौं । इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित...