CG Electronics
IME Life
NIMB

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला, ३० हजार कित्तासम्म आवेदन दिन सकिने

NIMB
Himalayan Bank

काठमाडौं । सयपत्री हाइड्रोपावरले आज अर्थात साउन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ। यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...