सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट
Monday Aug 01, 2022
वि.सं.२०७९ साउन १६ सोमवार १९:३९
काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई ‘नो डाटा, नो प्रब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् ।
मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ । सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो ।

























