CG Electronics
IME Life
NIMB

नमस्ते पेमा लट्री पाेइन्टस प्रणाली सुरुवात

NIMB
Himalayan Bank

काठमाडौँ । नमस्ते पेले आफ्नो एपमा लट्री कार्यक्रम ल्याएको छ । यो सुरुवातसँगै नमस्ते पेले प्रयोगकर्तालाई नमस्ते पेका विभिन्न सेवा प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ।

नमस्ते पेकाे लट्री पाेइन्टस् प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ । प्रत्येक प्रयोगकर्ताले हरेक १०० काे खर्चमा २ एनपी काेइन्स/पाेइन्टस् पाउनेछन् । प्रत्येक ८ एनपी काेइन्स/पाेइन्टसकाे मूल्य १ रूपैयाँ हुने छन् ।

सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले एनपी पाेइन्टस् सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पेमा उपलब्ध लट्री पाेइन्ट्समा आकर्षक प्रस्तावहरू समावेश छन् । जस्तै, एनपी काेइन्स प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप रिडिम गर्नसक्ने, विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी पोइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले एनपी पैसा एनपी पाेइन्ट्स रिडिम गर्ने मौका पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । थप जानकारीका लागि www.namastepay.com मा हेर्न सकिने छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...