स्वच्छ व्यवसाय समूह नेपालको बार्षिक उत्सवको अवसरमा उद्यमशिलता बिकासका लागि कार्यशाला सम्पन्न
Tuesday Aug 09, 2022
वि.सं.२०७९ साउन २४ मंगलवार ०९:०८
काठमाडौं । स्वच्छ व्यवसाय समूह नेपालले आफनो स्थापना दिवसको रजत वर्ष मनाएको छ । महिला बालबालिका तथा जेष्ठ नागारिक मन्त्री उमा रेग्मीले पानसमा बत्ति बालेर रजत वर्षको उदघाटन गरेका थिए । मन्त्री उमा रेग्मीले समूहको २५ वर्षको उपलक्ष्यमा प्रकाशित स्मारिकाको पनि विमोचन गरेका थिए । समारोहमा स्वच्छ व्यवसायका १० वटा सिद्धान्तमा आधारित फोटो प्रदर्शनी गरिएकोथियो ।
सो अवसरमा मन्त्री रेग्मीलेस्वच्छ व्यवसाय समूहका संस्थापक अध्यक्ष मीरा भट्टराई लगायत पूर्व अध्यक्ष पद्मासना शाक्य, किरण बहादुर खड्गी, चन्द्र प्रसाद कक्षपति, चित्र बहादुर केसी, संरक्षक लीलामणी पोखरेललाई कदर प्रदान गरेकी थिइन् । मन्त्री रेग्मीले उद्यमशिलताको विकासमा आयात होइन निकासी बढाउनुपर्दा हामीसंग प्रशस्त कमी कमजोरी छन्। अन्तराष्ट्रिय बजारमा माग भएका बस्तुको गुणस्तर र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउन बढाउन नसकेकोले निकासी कम हुदै गएको हो । खाद्यान्नमा पनि उद्यमशिलता विकास गरी आत्मनिर्भर हुन सक्ने संभावना छ तर शुद्धतामा ध्यान दिनुपर्ने बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेले दिगो उद्यमशिलताको विकासको नमूना स्वच्छ व्यवसायले देखाएको बताए । यो संस्थाले महिला उद्यमी तथा साना उद्यमीको उत्पादन र बजार व्यवस्थापनमा पु¥याएको योगदान उच्च रहेको धारणा राखे । ‘उद्यमशिलता विकास भनेको उद्योग संचालन गर्ने व्यक्तिको क्षमतामा निर्भर रहन्छ , संस्थागत रुपमा अघि बढ्नुपर्ने हुन्छ । त्यहाँ मात्र दिगो विकास सम्भव रहन्छ । कोभिडका कारण माग बढेको, भ्याक्सिन र मेडिकल सामाग्री मात्रै ५० अर्व भन्दा बढी आयात ग¥यौ, पेट्रोलियम
पदार्थको अत्याधिक खपतले व्यापार असन्तुलन बढाएको सचिव पाण्डेले बताए । हरेक वर्ष इनोभेसनका लागि बजेट छुट्टाइएको भए पनि खर्च हुन सकिरहेको छैन ।’ उनले भने । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले हामी अऔद्योगिकरण तर्फ उन्मुख भईरहेको बताए। त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यतिवेला नेपालको उद्योग क्षेत्र सुखद छैन। आर्थिक विकासमा उद्योग वाणिज्यक्षेत्रका योगदान बढ्न नसकेको भन्दै त्यसकाे विकासका लागि गर्नुपर्ने बताए ।
Building Entrepreneurial Ecosystem का वारेमा
आर्थिक विकासका लागि उद्यमशिलताको महत्व उच्च रहेको छ । यसले स्थानीय श्रोतको सदुपयोग र यसको उचित मूल्य निर्धारण र नयाँ अनुसन्धान गरी राष्ट्रिय आयमा समेत योगदान पु¥याउछ । यसवाट निम्न आय भएका राष्ट्रको स्तरोन्ती भई उच्च आय राष्ट्रमा परिणत हुन सक्दछ । नीति निर्माताहरुले चालु आर्थिक वर्षहरुको मौद्रिक तथा बजेटहरुमा पनि उद्यमशिलता विकासका लागि विशेष ध्यान दिन थालेको छ । विभिन्न मन्त्रालयहरुले पनि उद्यमशिलता विकास, रोजगारी सिर्जना, युवा रोजगार, महिला उद्यमशिलता, वित्तिय र बजार पहुंच पु¥याउन बजेट र कार्यक्रम छुट्टाइएको छ । तर ती कार्यक्रमहरुवीच तालमेल र संयोजन नहुँदा प्रभावकारी हुन सकिरहेको छैन ।
स्वच्छ व्यवसाय के हो?
निम्न आय वर्गका व्यक्ति विशेष गरी अवसर विहीन महिलाहरुलाई उद्यमशिलता मार्फत आय आर्जनमा उत्प्रेरित गरी पारदर्शित, भेदभाव रहित उत्पादन क्षेत्रमा काम गर्ने वातावरण प्रदान गरी गरिने व्यवसाय स्वच्छ व्यवसाय हो । यहाँ स्वच्छ भुक्तानी, वातावाणीय अनुकुलता, बाल श्रम विहीन जस्ता विश्व स्वच्छ व्यवसायका १० वटा सिद्धान्तहरुको पूर्ण पालना भएको हुन्छ । नेपालमा स्वच्छ व्यवसाय समूहमा ३२ वटा स्वच्छ व्यवसायहरु आवद्ध छने । ती व्यवसायहरुले ३२ वटा जिल्लामा कार्य क्षेत्र बनाउदै आएका छन्भने ती व्यवसायहरुमा आवद्ध उत्पादकहरुमा ९० प्रतिशत महिलाहरु छन्।
























