CG Electronics
IME Life
NIMB

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ । तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैन ।

अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउछन् । यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरुको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ ।

हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौं । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनु पर्छ । नेपाल बनाउनका लागि एउटा महत्वपूर्ण क्षेत्र हो, प्रविधि । हामीले प्रविधिको भरपुर उपयोग गर्न अझै पनि सकेका छैनौं । नेपाली आईटी विज्ञहरु एक सय एक छन्, तर पनि हामी विदेशी कम्पनीहरुको भर पर्नु पर्ने बाध्यता छ ।

सफ्टवेयरको माध्यमबाट हामीले नेपाललाई समृद्ध बनाउन सकिने सम्भावनाहरु प्रसस्त छन् । नेपालमा साच्चिकै ध्यान दिने हो भने आईटी हव बनाउन सकिन्छ । तर यस विषयमा राज्य र नियम कानून बनाउने जिम्मा पाएकाहरुले खासै ध्यान दिएका छैनन् । नेपालीहरुको स्कील र नलेज बाहिर गएको छ । नेपाली स्कील र नलेज प्रयोग गरेर विदेशीहरुले राम्रा राम्रा सफ्टवेयर बनाएका छन् । नेपालीले बनाएका सफ्टवेयरहरु नै विदेशी कम्पनीहरु मार्फत नेपाल भित्रिएका प्रसस्तै उदाहरणहरु छन् ।

हामीले विदेशी कम्पनीहरुको सफ्टवेयर जसरी प्रयोग गर्छौ, त्यसलाई छाडेर नेपाली प्रयोग गर्ने हो भने स्वदेशमै रोजगारीका प्रसस्त अवसरहरु सिर्जना हुनेछन् । उद्यमशीलताको विकास स्वदेशमै हुन सक्ने सम्भावना छ । अहिले हामीले हाम्रा आइटी विज्ञहरुलाई समेत विदेश पलायन हुन बाध्य बनाएका छौं । स्वदेशमा पर्याप्त अवसर भएपछि धेरै एक्सपर्ट (विज्ञ) हरु विदेशिनु पर्ने बाध्यता छ ।

स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान हुने मात्रै होइन । ग्लोबल आर्यटी म्यापमा हाम्रो देशलाई देखाउन सक्नेछौं । अहिले हामी सगरमाथा र वुद्धको जन्म देश भनेर चिनाउछौं ।

सगरमाथा र बुद्धको मात्रै होइन सूचना प्रविधिले सम्पन्न देश भनेर पनि विश्वमा चिनाउन सकिन्छ । आजसम्म नेपालमा आईटीलाई एउटा टुलको रुपमा मात्रै लिइएको छ । हामीले आईटीले विशेष ध्यान दिने हो भने भोलि आउने साइबर वारबाट देशलाई केही हदसम्म बचाउन सकिनेछ ।

के गर्ने त अब ?

नेपालमा सफ्टवेयर बनाउन सकिन्छ । नेपालमा नेपाली कम्पनीहरुले नै बनाएका सफ्टवेयरहरु प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । यसलाई कानूनी संरक्षणको पनि अत्यन्तै जरुरी पर्छ । नेपालकै सफ्टवेयर प्रयोग गर्न गराउनका लागि एउटा स्वतन्त्र निकायको पनि जरुरी पर्छ ।

जसले सफ्टवेयरको क्वालिटी चेक गरी मान्यता दिन सकोस् । जस्तो आईएसओ प्रमाणित भन्ने हामीले सुनेका छौं, सफ्टवेयरका सन्दर्भमा पनि यस्तै कुनै निकाय बनाउनु पर्छ । यसले नेपाली सफ्टवेयर उद्यमीलाई प्रोत्साहन हुन्छ । केही स्वदेशमै गरौं भन्ने वातावरण बनाउनका लागि हामी सबै लाग्नु पर्छ ।

यस बाहेक आईटी क्षेत्रलाई पनि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राख्न सक्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सकिनेछ ।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...