NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

राष्ट्रिय वाणिज्य बैंक र तीनपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

NIMB
leapmotornepal (citroen)

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि पालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको जनाएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए । गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए ।

भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताउनुभयो । बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बारपाक २०७२ सालको भुकम्प पिडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुर्नउद्धारमा सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संविधानसभा सदस्य कृष्ण धितालले सम्झौता कार्यन्वयनको लागि शुभकामना व्यक्त गरेका थिाए ।

ब्रान्च अपरेशन विभागका प्रमुख सरोज वस्नेतले कार्यक्रम संचालन गरेका थिए । उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पालिकाका पदाधिकारी तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...