कागेश्वरी मनहराको गोठाटारमा गोली चल्दा व्यवसायी दर्जीको मृत्यु
Monday Sep 19, 2022
वि.सं.२०७९ असोज ३ सोमवार २२:५३
काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर व्यवसायी लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मुत्यु भएको छ । आइतबार साँझ तीन गोली लागेको दर्जीका त्रिवि शिक्षण अस्पताल लगिएको उपचारका लागि लगिएको थियो ।
दर्जी गार्मेन्ट व्यवसायी चलाउने गरेको प्रहरीले बताएको छ । सर्लाहीको हरिवन घर भएका दर्जी गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट चलाउँदै आएका थिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको दर्जीका सवारी चालकले प्रहरीलाई बताएका छन।
गोली हान्न खेद्दा खेरी दर्जीकी छोरी एक तलामाथि बाट फाल हानेको दृष्य समेत सिसिटिभी फुटेजमा देखिएको छ । गोली लागेर ढलेपछि अपराधीले पेस्तोलको बटले टाउकोमा समेत हानेका थिए । गोली चलेको आवाज सुनेपछि मृतककी छोरीसहितका स्थानीयले हल्लाखल्ला गरेपछि पेस्तोल छाडेर अपराधी भागेको बताइएको छ ।



























