CG Electronics
IME Life
Ncell NPL

२४ कम्पनीले दिए ब्रोकर लाइसेन्सका लागि आवेदन, यी बैंकहरुले पनि दिए आवेदन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । २ दर्जन कम्पनी नयाँ ब्रोकर कम्पनी सञ्चालन गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिफारिस माग्दै पुगेका छन् । बिहिबार कार्यालय समयसम्म १ दर्जन बैंक सहित २४ नयाँ ब्रोकर कम्पनी नेप्सेमा दर्ता भएका हुन् । हिजो बुधबारसम्म १५ वटा कम्पनीले सिफारिसका लागि आवेदन दिएका छन् । हालसम्म स्टक ब्रोकरका लागि लाइसेन्स दिने कम्पनीहरू ५० प्रतिशत बैंक रहेका छन् ।

नेप्सेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल मार्केट सेक्युरिटिज, सन सेक्युरिटिज, मेगा क्यापिटल, जेबिएलएल सेक्युरिटिज, एसपिएसलि सेक्युरिटिज, नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज र ट्रेड्मो सेक्युरिटिज कम्पनी नेप्सेमा दर्ता भएका हुन् ।
एलिट स्टक हाउस, जेबीएनएल सेक्युरुटिज, प्रोपर्टी वीजर्ड, पाही इन्भेष्मेन्ट, इन्डेक्स सेक्युरिटिज, मेगा स्टक मार्केट, एनआइसी एशिया सेक्युरिटिज, हिमालयन ब्रोकरेज, इफिनिटि सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, कलश स्टक मार्केट, एनएमबि सेक्युरिटिज, केबीएल सेक्युरिटिज, र मियो सेक्युरिटिज कम्पनीले बोर्डमा आवेदन दिन सिफारिस दर्ता भएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो । नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ । यी कम्पनीहरुले आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिने समय अब ३ दिनमात्रै बाँकी छ ।

बोर्डले ब्रोकर कम्पनीको लागि आवेदन दिन दिएको समय यही असोज ३१ गते समाप्त हुँदैछ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...