CG Electronics
IME Life
Ncell NPL

असोजमा मात्रै ६१ अर्ब रुपैयाँ निक्षेप थपियो, के अब बैंकिङ प्रणालीमा तरलता सहज हुन्छ ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । १ वर्ष यता बैंकिङ प्रणालीमा चरम तरलता अभाव कायम छ । निक्षेप संकलनमा सुधार आउन नसक्दा बैंकहरूको कर्जा लगानी ठप्पप्रायः छ ।
नेपाल राष्ट्र बैंकले कायम गरेको नीतिगत व्यवस्था,आयात वृद्धि, निक्षेप बढ्न नसक्नु लगायत कारणले बैंक तथा वित्तीय संस्थाहरूले स्रोत अभावको समस्या भोगिरहेका छन् ।

चालु आवको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले निजी क्षेत्र तर्फको १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ । वित्तीय क्षेत्रको स्थायित्व र कर्जाको सदुपयोग गर्न मुद्रा प्रदायकमा संकुचन गरे पनि प्रणालीमा तरलता समस्या यही अवस्थामा रहे सो लक्ष्य पुर्याउन नसकिने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

गत वर्ष राष्ट्र बैंकले १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिए पनि करिब १३ प्रतिशतमा सीमित भएको थियो । चालु वर्षको पहिलो त्रैमाससम्म पनि बैंकहरूले आधा खर्ब पनि कर्जा लगानी गर्न सकेका छैनन् । यद्यपि, असोजमा भने बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार आएको छ ।

अपेक्षित निक्षेप संकलन नहुँदा बैंकहरू बीच ब्याजदर बढाउने होडबाजी मात्र चलेको छ । अहिले निक्षेपमै १५.१३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । तर, ब्याजदर अनुसार अझै रकम आउन सकेको छैन भने बैंकको लागत बढाएर कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको छ ।

गत वर्षकै मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सीसीडी व्यवस्था खारेज गरेर ९० प्रतिशत अनिवार्य सीडी (कर्जा–निक्षेप) अनुपात कायम गर्नुपर्ने नीति लागू गर्यो । जसको कारण बैंकहरू कर्जा लगानीको दबाबमा रहे ।तरलतामा अभावलाई प्रोत्साहन दिने खालका राष्ट्र बैंकको चालू आवकै कतिपय व्यवस्थाहरू भएको बैंकिङ विज्ञ बताउँछन् ।

स्रोत अभावका कारण एकतिर बैंकहरू व्यवसाय विस्तार नहुँदा नाफा खुम्चने त्रासमा छन् भने अर्कोतर्फ लगानीयोग्य रकम अभावले उत्पादन मुलक क्षेत्र कर्जा जान सकेको छैन् ।

ब्याजदर वृद्धि र रकम अभावले नयाँ उद्योग व्यवसायमा लगानी बढ्न सकेको छैन् । वित्तीय क्षेत्रका जानकारहरू भने अब विस्तारै तरलता समस्या समाधान हुने बताउँछन् ।अहिले सीडी रेसियो ८७.९९ प्रतिशत पुगेको छ । पछिल्लो महिना निक्षेप बढ्दा संस्थालाई तरलतामा केही सहज महसुस भएको छ ।

चालु आवको पहिलो महिना साउनमा चरम तरलता अभाव झेलका बैंकहरूलाई पछिल्लो समय केही राहत पुग्न थालेको छ । साउनमा वाणिज्य बैंकहरूबाट १ खर्ब बढी निक्षेप बाहिरिएकोमा भदौ र असोजमा झन्डै १ खर्ब निक्षेप थपिएको छ । असोजमा मात्रै ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

असोजमा सरकारले गर्ने खर्च बढ्दा र रेमिट्यान्समा सुधार आउँदा निक्षेपमा केही सुधार आएको हो । अब विकास निर्माणको सिजन सुरु हुने भएकाले पूँजीगत खर्च बढ्ने देखिन्छ । जसले तरलतामा केही सहजता आउने आशा गर्न सकिन्छ ।

रेमिट्यान्समा आएको सुधार तथा निक्षेप वृद्धिले तरलता समस्यामा सहज हुने संकेत देखिएको वाणिाज्य बैंकका एक सीईओले बताए । ‘पछिल्लो महिना निक्षेप संकलनमा सकारात्मक संकेत देखिएको छ । रेमिटेन्स आप्रवाह पनि बढेको छ,’ उनले भने, ‘विस्तारै लिक्वीडिटी समस्या कम हुने देखिन्छ ।’

ब्याजदर वृद्धिले कर्जाको माग नहुँदा निक्षेप मात्र थुप्रिने देखिएको उनीहरूको भनाइ छ । सरकारले अब विकास खर्चमा पनि गति लिने भएकाले यस्तो समस्या कम हुने जानकारहरू बताउँछन् ।

पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले असोजमा भएको निक्षेप वृद्धिले तरलता केही सहज हुने देखिएको बताए । ‘अब तरलता सहज हुन्छ जस्तो लाग्छ । असोजमा डिपोजिट बढेको छ,’ उनले भने, ‘ब्याजदर बढ्ने बित्तिकै कर्जाको माग घट्छ भने डिपोजिट बढ्न् थाल्छ । केही समयपछि त्यो देखिन्छ ।’

तरलता सहज हुँदा फेरि आयात बढ्ने र त्यसले विनिमय संचितिमा दबाब पर्ने उनले बताए । आयात नियन्त्रण गर्दा राजस्व घट्ने र फेरि त्यसले तरलतामै चाप पर्ने प्रवृत्ति देखिएकाले अर्थतन्त्र नकारात्मक दिशाउन्मुख रहेको उनको भनाइ छ ।

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...