CG Electronics
IME Life
Ncell NPL

एक घण्टा २३ मिनेट सम्म नेपालमा लाग्ने चन्द्रग्रहणमा कुन राशिलाई शुभ कुन राशीलाई हुन्छ अशुभ ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ। बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ। बेलुकी ५:२७ बजे ग्रहणको उन्मीलन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। बेलुकी ६:३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ।

बेलुकी ५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।

भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ। चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ।

तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। आज बिहान ८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ।

यसअघि यही कात्तिक ८ गते मंगलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो। औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...