चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक
Wednesday Nov 09, 2022
वि.सं.२०७९ कात्तिक २३ बुधवार १२:२७
काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी फाइभ ईभीको मिनि भ्यान नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त भ्यानको बुकिङ पनि खुला गरेको जनाएको छ । कम्पनीले उक्त मिनि भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले सार्वजनिक गरेको भ्यानमा ११ सिट रहेका छन् भने भ्यानको १७९ एमएम ग्राउण्ड क्लियरेन्स छ । सो भ्यानले ३ सय किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।




























