CG Electronics
IME Life
NIMB

दुबई जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी सहभागी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

दुबई । संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेशनल जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी पनि सहभागी भएका छन् ।

नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा आएको व्यवसायीहरुको प्रतिनिधिमण्डलले दुबई जेम एन्ड ज्वेलरी शोमा सहभागिता जनाएको हो ।

यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उदघाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा संसारका २८ मुलुकका ३५० भन्दा बढी व्यवसायी सहभागी भएका छन् ।

तीन दिनसम्म चल्ने शोमा नेपाली व्यवसायीहरुले यस क्षेत्रमा विकसित पछिल्लो ट्रेन्डबारे बुझ्ने र यसले निकासी व्यापारमा योगदान पुग्नसक्ने संघका अध्यक्ष श्रेष्ठले बताइन् ।

नेपाल जेम एन्ड ज्वेलरीको उच्च सम्भावनायुक्त देश भएको र यस्ता एक्स्पोमा नेपाली व्यवसायीको सहभागिताले नेपाली सीप र कौशलको अन्तर्राष्ट्रियकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

“दुबई जेम एन्ड ज्वेलरी शो भनेको व्यवसायीहरुको जमघट हुने यस क्षेत्रकै सबैभन्दा ठूलो अवसर पनि हो,” अध्यक्ष श्रेष्ठले भनिन्, “यस्ता एक्स्पोमा क्रेता र बिक्रेताबीच भेटघाट हुने भएकाले व्यवसाय बढाउन पनि मद्दत पुग्नेछ ।”

प्रदर्शनीमा नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जेम एन्ड ज्वेलरीको विकास र विस्तारका लागि दुबई सिटी अफ गोल्ड एशोसिएसन र जेम एन्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन सेन्टरसँग सहकार्य गर्ने सहमति गरेकी छन् ।

नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनका लागि यस्तो सहमति गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...