kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

दुबई जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी सहभागी

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

दुबई । संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेशनल जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी पनि सहभागी भएका छन् ।

नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा आएको व्यवसायीहरुको प्रतिनिधिमण्डलले दुबई जेम एन्ड ज्वेलरी शोमा सहभागिता जनाएको हो ।

यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उदघाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा संसारका २८ मुलुकका ३५० भन्दा बढी व्यवसायी सहभागी भएका छन् ।

तीन दिनसम्म चल्ने शोमा नेपाली व्यवसायीहरुले यस क्षेत्रमा विकसित पछिल्लो ट्रेन्डबारे बुझ्ने र यसले निकासी व्यापारमा योगदान पुग्नसक्ने संघका अध्यक्ष श्रेष्ठले बताइन् ।

नेपाल जेम एन्ड ज्वेलरीको उच्च सम्भावनायुक्त देश भएको र यस्ता एक्स्पोमा नेपाली व्यवसायीको सहभागिताले नेपाली सीप र कौशलको अन्तर्राष्ट्रियकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

“दुबई जेम एन्ड ज्वेलरी शो भनेको व्यवसायीहरुको जमघट हुने यस क्षेत्रकै सबैभन्दा ठूलो अवसर पनि हो,” अध्यक्ष श्रेष्ठले भनिन्, “यस्ता एक्स्पोमा क्रेता र बिक्रेताबीच भेटघाट हुने भएकाले व्यवसाय बढाउन पनि मद्दत पुग्नेछ ।”

प्रदर्शनीमा नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जेम एन्ड ज्वेलरीको विकास र विस्तारका लागि दुबई सिटी अफ गोल्ड एशोसिएसन र जेम एन्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन सेन्टरसँग सहकार्य गर्ने सहमति गरेकी छन् ।

नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनका लागि यस्तो सहमति गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।


प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच...

वि.सं.२०८० असोज ६ शनिवार १९:०६

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति...

महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ : उपमेयर डङ्गोल

महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको...

वि.सं.२०८० असोज ५ शुक्रवार २०:०६

  काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महिलाहरूको अर्थपूर्ण...

समावेशी डिजिटल भविष्यकालागि एक्थबद्धता : ह्वावे, आसियान फाउन्डेसन, र सीमइयो स्पटलाइट एसियाप्यासिफिककाइमर्जिंङ टेक लिडर्स ’सीड्स फर द फ्युचर समिट–२०२३’

समावेशी डिजिटल भविष्यकालागि एक्थबद्धता : ह्वावे, आसियान...

वि.सं.२०८० असोज ४ बिहीवार २३:३६

  (ह्वावे र आईटियूबीचको सहकार्यले एशिया–प्रशान्त क्षेत्रको डिजिटल विकासमाआशाजनकयात्राको सुरुवात)...

नेपालमा लगानी भित्र्याउन पहल लिन गैर आवासीय नेपाली संघलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी भित्र्याउन पहल लिन गैर आवासीय...

वि.सं.२०८० असोज ३ बुधवार २०:३४

  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी...

भारत–क्यानाडा तनाव : भारतद्वारा क्यानाडाका कूटनीतिज्ञ देश निकाला, देश छोड्न पाँच दिनको म्याद

भारत–क्यानाडा तनाव : भारतद्वारा क्यानाडाका कूटनीतिज्ञ देश...

वि.सं.२०८० असोज २ मंगलवार १२:५८

  बिबिसी÷हिन्दी काठमाडौं । क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले...