CG Electronics
IME Life
Ncell NPL

महालक्ष्मी विकास बैंकको शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महालक्ष्मी विकास बैंकको शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका हुन् ।

यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ । नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य मान्यता तथा उदात्तभावलाई समयको माग अनुरुप प्रवाहित गराउने उद्देश्यले स्थापित उक्त विश्वविद्यालयको कार्य सञ्चालन तथा विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा समेत थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

त्यस्तै बैंकको लालबन्दी शाखाले राधा कृष्ण मन्दिर भागवतधाम धर्मशालाको लागी आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ । धर्मशालामा अध्यनरत विद्यार्थीहरुको अध्यापनमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

कार्यक्रम सँगसगै बैंकको मनहरी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धित होडिङ बोर्ड हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनिकरण होस् भन्ने उद्देश्यले बैंकले उक्त होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

 

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...