CG Electronics
IME Life
Ncell NPL

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित वृहत नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबिआईवीच सम्झौता सम्पन्न भएको छ ।

सिबिफिनको कार्यालय सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरी शिखर सम्मेलनको तयारी सुरु भएको हो ।

शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको छ ।

यस शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम÷व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ ।

प्रदेशस्तरीय वृहत नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्वगण, व्यवसायिक संस्थाका नेतृत्वगण, सम्पूर्ण पालिकाका प्रमुख÷उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरुको व्यापक सहभागिता गराइ वृहत बहसको कार्यक्रम हुने र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी प्रदर्शनी राखिने जनाइएको छ । त्यसैगरी समापन सत्रकोरुपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनितिक नियोग तथा अन्तराष्र्टि«य दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा वृहत नीति संवाद आयोजना गरिने छ ।

त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे “आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र” विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता संचालन गरी उत्कृष्ट २५ वटा लेखहरुलाई र्याङ्किङ्गका आधारमा नगद पुरस्कार र प्रसंशा पत्रबाट पुरस्कृत गरिने छ भने सफल उद्यमी÷व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिने छ ।

नीति संवाद तथा शिखर सम्मेलन समापन भएको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमहरुबाट प्राप्त निष्कर्षहरुको संश्लेषण÷विश्लेषण गरी कोभिड १९ पछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरुसमक्ष पेश गर्ने र कार्यान्वयनका लागि संयुक्त पहल गरिने छ ।

सम्मेलनको चुस्त व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गर्न विषयविज्ञसहित दुवै पक्षका उच्च नेतृत्व रहने गरी सम्मेलन सल्लाहकार समिति र सम्मेलन मूल आयोजक समिति गठन गरिने छ ।

शिखर सम्मेलन आयोजनासम्वन्धी हस्ताक्षर समारोहमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, महानिर्देशक डा. गोपालप्रसाद तिवारी र एनबिआईकातर्फबाट सल्लाहकारद्रय विनोद गुरागाइ र नरेशप्रसाद श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...