Dish Media Network
global ime bank
machapuchhare  bank

भिभो भी२३ई र वाई५३एसको मुल्य घट्यो

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडा ।  भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य रु ३६,९९९ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य रु ४१,९९९ बनाएको छ । त्यस्तै वाई५३एस को मुल्य रु ४००० ले घटाएर रु ३०,९९९ बनाएको छ ।

यो नयाँ मूल्य जनवरी ०१, २०२३ देखि जनवरी ३१, २०२३ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भन्नुभयो ः “भिभोमा, हामी सधैं हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूका लागि हाम्रा उत्पादनहरू थप पहुँचयोग्य बनाउने तरिकाहरू खोजिरहेका हुन्छौं ।

भी२३ई र वाई५३एस मा मूल्य घटेको घोषणाद्वारा हामी हाम्रा ग्राहकहरूका लागि यो प्रतिबद्धता पूरा गर्ने आशा गर्दछौं । यी दुबै लोकप्रिय स्मार्टफोनहरूमा उत्कृष्ट क्यामेराहरू छन् जसले प्रयोगकर्ताहरूलाई आफ्ना सबै विशेष क्षणहरू खिच्न मद्दत गर्दछ । हामी भिभोमा हाम्रा उत्पादनहरूद्वारा प्रयोगकर्ताहरूको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौं ।”

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् ।

भी२३ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ । यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ ।

यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...