Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

चेम्बरको अध्यक्ष राजेन्द्र मल्लले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग

 

 

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित ‘अर्थतन्त्र : अबको बाटो’ अन्तक्र्रियामा अध्यक्ष मल्लले उच्च ब्याजदरले उद्योगी–व्यवसायीका साथै समग्र ऋणीहरु आक्रान्त बनेको अवस्था रहेको बताए। ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ भन्ने चेम्बरले आवाज उठाउँदै आएको छ’, उनले भने।

 

२०७८ चैत मसान्तदेखि नै बढेको बैंकदरले वित्तीय क्षेत्रलाई असन्तुलित बनाएको अध्यक्ष मल्लले बताउ। ‘बंैकदर घट्यो भने बेसरेट पनि घट्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘बंैक तथा वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियम पनि व्यक्तिअनुसार फरक हुँदा यसले समस्या उत्पन्न गरेको छ। कसैलाई ०.५ प्रतिशत र कसैलाई ६ प्रतिशतसम्म प्रिमियम लिँदा ठूलालाई चयन र सानालाई ऐनजस्तै भएको छ।’

 

उत्पादन वृद्धि, लगानीमैत्री वातावरण एवं व्यवसायिक गतिविधिलाई बढाएर अर्थतन्त्रलाई अगाडि बढाउनुको विकल्प नरहेको मल्लले बताए। ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि लगानीमैत्री वातावारण, कृषि, पूर्वाधार विकास, सूचना प्रविधि पर्यटन एवं जलस्रोतलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नु आजको आवश्यकता हो’, उनले भने, ‘यसका लागि ठोस योजना र सुशासन पहिलो सर्त हो।’

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...