CG Electronics
IME Life
NIMB

एनआइबिएल एस क्यापिटलको ग्रोथ फण्ड बाँडफाँड सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईबिएल एस क्यापिटलको “एनआईबिएल ग्रोथ फण्ड” बाँडफाँड सम्पन्न भएको छ । १० रुपैयाँ अङ्कित दरको १६ करोड इकाईहरु पुष ७ गतेदेखि पुष २१ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाई माघ ३ गते बाँडफाँड गरिएको हो ।

एनआईबिएल ग्रोथ फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको कुल १६ करोड इकाईहरु मध्ये बीज पूँजी वापत १% अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९% अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाईको गत पौष ०७ गते बिहिबार देखि पौष २१ गते बिहिबारसम्म निशकाष्न तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९०० इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार रुपैयाँ थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति २०७९ माघ ३ गते बाँडफाँड गरिएको थियो ।

६३ लाख २१ हजार रुपैषरा थप गरी योजनाको आकार १ अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ । बाँडफाँड सम्मन्धी विवरण धितोपत्र निष्काशन तथा एनआईबिएल एस क्यापिटल को वेवसाइट www.niblcapital.com तथा सीडीएस एण्ड क्लियरिङ्गद्वारा सचांलित www.meroshare.cdsc.com.np बाट पनि हेर्न सकिने छ ।

 

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...