CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंकले ५८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १४२ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै, बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ६१ जना, मधेस प्रादेशिक कार्यालय, वीरगंजमा भएको रक्तदान कार्यक्रममा ४१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ७० जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा ४२ जना, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा भएको रक्तदान कार्यक्रममा ४२ जना, सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढीमा भएको रक्तदान कार्यक्रममा ३२ जना गरी कुल ४३० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भैरहको बैंकले जनाएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...