prabhu bank
globalime bank
machapuchhare  bank

राजस्व उठाउने लक्ष्यले हावा खायो, कति उठ्यो ? उठ्न बाँकी कति ?

RBB
नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ। यो अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो। अर्थात् चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत विन्दुले न्यून देखिएको छ।

यो अवधिमा भन्सार राजस्व सङ्कलन सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार भन्सार राजस्व सङ्कलन पुस मसान्तसम्मको लक्ष्यको ५३ प्रतिशत बराबर मात्रै छ। छ महिना अवधिमा रू एक खर्ब ६१ अर्ब ८२ करोड ३० लाख बराबर भन्सार उठाउने सरकारी लक्ष्य रहेकोमा रू ८५ अर्ब ७८ करोड ७३ लाख बराबर मात्रै सङ्कलन भएको देखिएको हो।

मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क असुलीमा पनि ७२ प्रतिशत बराबर मात्रै उपलब्धि हासिल भएको छ। पुस मसान्तसम्ममा रू एक खर्ब ८० अर्ब २४ करोड ८३ लाख बराबर भ्याट उठाउने सरकारी लक्ष्य रहेकोमा रू एक खर्ब ८० अर्ब २४ करोड ८३ लाख बराबर मात्रै उठेको देखिन्छ। चालु आवको अर्धवार्षिक अवधिमा अन्तःशुल्कतर्फ रू ९७ अर्ब ५० करोड ९६ लाख बराबर असुली गर्ने सरकारी लक्ष्य थियो। तर यही अवधिको वास्तविक अन्तःशुल्क असुली भने रू ७० अर्ब ५१ करोड बराबर छ। जुन अर्धवार्षिक लक्ष्यको ७२ दशमलव तीन प्रतिशत बराबर हो।

यही अवधिमा सरकारले रू एक खर्ब १६ अर्ब ७९ करोड बराबर आयकर उठाएको छ। जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो। सरकारले पुस मसान्तसम्ममा रू एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो।

अर्धवार्षिक समीक्षा अवधिमा शिक्षा सेवा करतर्फ भने लक्ष्यअनुसार नै राजस्व उठेको छ। यो अवधिमा रू ७३ करोड ४८ लाख बराबर शिक्षा सेवा कर उठाउने सरकारी लक्ष्य रहेकोमा रू ७३ करोड ६७ लाख बराबर उठेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पछिल्लो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको राजस्व सङ्कलन १५ दशमलव ३२ प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा यस वर्ष भन्सार राजस्व ३१ दशमलव ३८ र आन्तरिक राजस्व एक दशमलव छ प्रतिशतले घटेको देखिएको हो।

आयात निरुत्साहन गर्नका लागि चालिएका कदमका कारण भन्सार राजस्व घटेको अर्थ मन्त्रालयको भनाइ छ। त्यस्तै घर जग्गाको कारोबारमा देखिएको शिथिलता र घट्दो शेयर बजारका कारण पूँजीगत लाभकरमा आएको कमी पनि लक्ष्यअनुसार राजस्व असुली हुन नसक्नुको कारण रहेको मन्त्रालयले जनाएको छ।

kumari bank
prabhu bank

सबैको रोजाईको बैंक बन्न यी चार बैंकको हानथाप, कसले कसलाई मार्दैछ धाप ?

सबैको रोजाईको बैंक बन्न यी चार बैंकको...

वि.सं.२०७९ माघ १६ सोमवार ०९:४१

  काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरू बीच बजारलाई कसले...

उद्योगी व्यवसायीहरुको पिडा बुझेर सरकारले सही नीति अवलम्बन गर्नुपर्छ : पूर्वमन्त्री यादव

उद्योगी व्यवसायीहरुको पिडा बुझेर सरकारले सही नीति...

वि.सं.२०७९ माघ १४ शनिवार १२:२८

वीरगञ्ज । सरकारले सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरु मार्कामा...

बैंकको मुनाफालाई मात्र नहेरौं, खराब कर्जा अप्रत्याशित र वितरण योग्य नाफा धेरैको नकारात्मक छ: मनोज ज्ञवाली

बैंकको मुनाफालाई मात्र नहेरौं, खराब कर्जा अप्रत्याशित...

वि.सं.२०७९ माघ १४ शनिवार १२:२३

काठमाडौं । अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर...

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

वि.सं.२०७९ माघ १४ शनिवार १२:१३

  काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको...

चेम्बरले व्यावसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण

चेम्बरले व्यावसायिक गतिविधी सहज बनाउन सरकार र...

वि.सं.२०७९ माघ १४ शनिवार १२:१०

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधी...

प्रविधिमैत्री बन्दै सरकारी कार्यालय

प्रविधिमैत्री बन्दै सरकारी कार्यालय

वि.सं.२०७९ माघ १४ शनिवार ११:५१

  काठमाडौं । विश्वमा पछिल्लो तीन दशकमा सबैभन्दा तीव्र गतिमा...