CG Electronics
IME Life
NIMB

स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १ अर्ब ७५ करोड माथि

NIMB
Himalayan Bank

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेर २ अर्ब ८४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ५ दाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ३.६९ प्रतिशत बढेर ९ अर्ब २ करोड रुपैयाँ, निक्षेप ९.६० प्रतिशत बढेर १ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ र कर्जा २.३२ प्रतिशत बढेर ८१ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

बैंकको खराब कर्जा ०.२८ प्रतिशत बढेर ०.७२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ७.५ प्रतिशत, आधार दर ९.६७ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ३.९३ प्रतिशत र सीडी रेसियो ७८.६ प्रतिशत रहेको छ ।

https://youtu.be/ea9y6HqCdKc

 

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...